Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

धनगढीबाट आयल निगमको डिपो सर्ने, प्रक्रिया थालियो

धनगढीबाट आयल निगमको डिपो सर्ने, प्रक्रिया थालियो

धनगढी । नेपाल आयल निगमले सुदूरपश्चिममा इन्धन वितरण गर्ने धनगढीस्थित प्रादेशिक कार्यालय स्थानान्तरण प्रक्रिया सुरु गरेको छ । डिपोलाई नयाँ ठाउँमा सार्नका लागि जग्गा प्राप्ति प्रक्रिया थालिएको हो ।

निगमको भण्डारण क्षमता वृद्धि परियोजना प्रमुख प्रदीप यादवले सरकारी जग्गा खोजी गरे पनि नपाएपछि निजी जग्गा किन्न लागेको जानकारी दिए । उनका अनुसार नयाँ डिपोका लागि २० बिघाभन्दा बढी जग्गा आवश्यक छ । पत्रकार सम्मेलनमा उनले भने, ‘कैलालीको गोदावरी नगरपालिका– ८, अत्तरिया क्षेत्रमा जग्गा पनि भेटिएको छ । खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउन लागिएको छ ।’

प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जग्गा प्राप्तिसम्बन्धी समितिमार्फत खरिद गर्न लागिएको र विवाद नहुने गरी काम गर्ने यादवले बताए । ‘निगम सञ्चालक समिति र मन्त्रिपरिषद्बाट स्वीकृत गराई जग्गा किन्नेछौँ,’ उनले भने ।

बाक्लो बस्तीमा रहेको धनगढीको डिपो साँघुरो पनि छ ।

प्रतिक्रिया