Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सुदूरपश्चिमको क्रिकेटमा जीवन्त बाँचेका अर्जुन

सुदूरपश्चिमको क्रिकेटमा जीवन्त बाँचेका अर्जुन

धनगढी । कुनै समय सचिन तेन्दुलकरसँगै क्रिकेट खेल्थे उनी । बाल्यकालदेखिको दोस्ती थियो, दुवैबीच । तर सचिनले क्रिकेट जगतमा दुर्लभ इतिहास रचे । तर उनी कैलालीको क्रिकेटमा रम्दै यहीँ जीवन समर्पण गरेर अस्ताए । उनी अर्थात् अर्जुन खड्का । सुदूरपश्चिमको क्रिकेटसँग जोडिएरै आउने एउटा नाम हो, अर्जुन ।

सुदूरपश्चिमको क्रिकेट विकासका योद्धाको रुपमा चिनिन्छन् खड्का । आफ्नो जीवनको करिव ३० वर्ष क्रिकेटमा बिताएका अर्जुनको ०७२ सालमा ४५ वर्षको उमेरमा निधन भएको थियो ।  उनले १० वर्षसम्म धनगढी कभर्डहलमा क्रिकेट खेलाडीलाई प्रशिक्षण गराएका थिए । पछिल्ला पाँच वर्ष भने धनगढी क्रिकेट एकेडेमीको मुख्य प्रशिक्षक रहेका थिए । 

मुम्बईमा रहँदा खड्काले सचिनसँगै भारतका चर्चित क्रिकेटर विनोद काम्बली, अजित अगारकर, रमेश पवार, पारस माहकेसँगै एकै टिमबाट क्रिकेट खेलेका थिए । १५ वर्षको उमेरदेखि क्रिकेटमा होमिएका उनले १७ वर्षसम्म भारतमै क्लब क्रिकेट खेले । मुम्वईको एक बैंकमा उनका बुवा काम गर्थे । सोही कमाईबाट उनका बुवाले धनगढीमा घरघडेरी जोडेका थिए । 

उनी १८ वर्षको उमेरमा क्रिकेटको नशाले परिवार छोडेर नेपाल फर्किए । अरूको देशमा केही हुँदैन भनेर धनगढी हानिएका खड्काले त्यो बेला सोचे जस्तो थिएन, नेपालको क्रिकेट । न लोकप्रिय थियो न त कोही खेल्थे नै । तर उनी आएपछि सुदूरपश्चिम र कैलाली क्रिकेटको विकासले तीब्र गति लियो । मुम्बईको अनुभव साटासाट गर्दै उनले धेरै अन्तर्राष्ट्रिय खेलाडी जन्माए पनि । प्रेम चौधरीदेखि अहिलेको नेपाली क्रिकेट टीममा तहल्का मच्चाईरहेका प्रायः धनगढीका खेलाडीहरु उनकै उत्पादनहरु हुन् । 

जीवनमा अर्जुनले कहिल्यै ब्याट र बल हातबाट छोडेनन् । ‘जीवन मरणान्तसम्म क्रिकेटसँग जोडिएर रहेका अर्जुन सुदूरपश्चिमको क्रिकेटमा जीवन्त बाँचेका छन्,’ बिहीबार धनगढी क्रिकेट एकेडेमी पुग्दा कुराकानीको क्रममा एक क्रिकेटकर्मी भन्दै थिए । 

उनै खड्काको स्मृतिमा अव धनगढीमा क्रिकेट प्रतियोगिता हुने भएको छ । धनगढीमा फाप्लामा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा माघ १९ गतेदेखि २८ गतृसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा अर्जुन ट्रफी आयोजना हुन लागेको हो । आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिइएको छ । 

प्रतिक्रिया