Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सरकारसँग निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको माग- कालोबजारी अन्त्य गरिदेऊ

सरकारसँग निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको माग- कालोबजारी अन्त्य गरिदेऊ

निर्माण व्यवसायी संघ कञ्चनपुरले गृहमन्त्री रमेश लेखक र प्रशासनमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार निर्माण व्यवसायी संघ कञ्चनपुरले गृहमन्त्री रमेश लेखक र प्रशासनमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो । 

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जनप्रसाद भट्टले पछिल्ला दिनहरूमा निर्माण व्यवसायीमाथि मार्का पर्ने गरेर निर्माण सामग्रीको मूल्यवृद्धि गरेर मारमा पारेको भन्दै गृहमन्त्री लेखकलाई महेन्द्रनगरमै भेटेरै ज्ञापनपत्र बुझाएको र प्रधानमन्त्री ओलीलाई प्रशासनमार्फत ज्ञापनपत्र पठाएको बताए । ‘हामी निर्माण व्यवसायीमाथि मूल्यवृद्धि गरेर अन्याय गरेको छ, यसमा सरकारले केही हेरिदिएको छैन,’ अध्यक्ष भट्टले भने, ‘गृहमन्त्री लेखकजीलाई भेटेरै १४ बुँदे ज्ञापनपत्र बुझाएँ, उता प्रधानमन्त्रीलाई सिडिओमार्फत बुझाएका छौँ ।’ 

निर्माण सामग्री सिमेन्ट, छडलगायतमा चर्को मूल्यवृद्धि रोक्नुपर्ने, कालोबजारी रोक्नुपर्ने, निर्माण व्यवसायीको काम गरेको भुक्तानी निकासा दिनुपर्ने, बिमा, आर्थिक नियमावली परिवर्तनजस्ता माग अघि सारेर ज्ञापनपत्र बुझाएका छन् । ‘अहिले हामीले सरकारलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका छौँ, हाम्रा मागमा ध्यान नदिए आन्दोलन चर्काउँछौँ,’ उनले भने, ‘सरकारले देश निर्माणमा भूमिका निर्वाह गर्दै आएका निर्माण व्यवसायीको पिरमर्का बुझिदिएको छैन ।’

उनले माघ मध्यसम्ममा पनि मागबारे सुनुवाइ नभएर निर्माण होलिडेदेखिका आन्दोलन चर्काउने चेतावनी दिएका छन् । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले निर्माण व्यवसायीका जाजय माग पूरा गर्न सरकार दृढ रहेको बताउँदै आन्दोलनतर्फ सोच्दै नसोच्न आग्रह गरेका छन् । 

प्रतिक्रिया