Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १८ जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी

आफुलाई आमन्त्रण नगरेको भन्दै धनगढी नगर प्रमुख हमाल आक्रोशित, सम्झौताको पाँच महिनापछि निर्माण कार्य शुरु

आफुलाई आमन्त्रण नगरेको भन्दै धनगढी नगर प्रमुख हमाल आक्रोशित, सम्झौताको पाँच महिनापछि निर्माण कार्य शुरु

धनगढी– धनगढी उपमहानगरपालिकाको मुख्य समस्याका रुपमा रहेको छ वस्ती डुवान । विशेषतः धनगढी उपमहानगरपालिकाको वडा नम्बर २, ३, ४ र १३ नम्बर वर्षातको समयमा बढी प्रभावित हुने गरेको छ । सोही समस्या समाधानका लागि संघिय शहरी विकास तथा भवन निर्माण कार्यालयको लगानीमा वर्षात पानी नाली निर्माण आयोजना अघि बढाइन लागेको छ । 

बुधबार एक समारोहकाबिच सो आयोजनाको शिलन्यास कार्यक्रमको आयोजना गरिएको थियो । सोही शिलन्यास कार्यक्रममा आफुलाई आमन्त्रण नगरेको भन्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अपमानित भएको अभिव्यक्ति सार्वजनिक रुपमा दिए ।  बुधबार विहान विहान ८ बजे सो शिलन्यास कार्यक्रमको निर्धारण गरिएको भएपनि एक घण्टा ढिलो गरि शुरु भयो ।

सो कार्यक्रम सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले समुद्घाटन गर्ने कार्यतालिका रहेको थियो । पूर्वमन्त्री देउवा पुग्न अघिनै कार्यक्रमस्थलमा आएका धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमाल आक्रोशित देखिन्थे । आफुलाई कार्यक्रममा आमन्त्रण नगरेको भन्दै उनी भन्दै थिए –‘मलाई यहाँ आमन्त्रण गरिएको छैन् । म वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरको आग्रहमा आएको हुँ । यो नेपाली काग्रेसको कार्यक्रम हो ।’

शिलन्यासको औपचारिक कार्यक्रम आयोजकले अघि बढाउँदा संचालकले उनलाई विशिष्ठ अतिथिका रुपमा मंचमा बोलाए । तर, उनी गएनन् । कार्यक्रमको वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले स्वागत मन्तव्य राखे । विशिष्ठ अतिथिका रुपमा मन्तव्य राख्न मंचमा पुगेका नगर प्रमुख हमालले आयोजना अघि बढ्नुमा सकारात्मक हुनुभन्दा कार्यक्रममा आफुलाई आमन्त्रण नगरेको भन्दै अपमान गरेको बताए ।

‘म अपमानित भएर आएको छु । म नगर प्रमुखको हैसियतले यहाँ आएको होइन् । वडा नम्बर ४ को स्थानियबासीका रुपमा यहाँ आएको हुँ । मैले वडा नम्बर ३ का वडा अध्यक्षले जानकारी दिएपछि थाहा पाए । किन आएभन्दा खेरी मैले दुख देखेको छु । यहाँ कसले शिलन्यास गर्छ । उद्घाटन गर्छ त्यो महत्वपूर्ण होइन् । मेरो अपमान भयो । मेरो सम्मान भएन् ।’ उनले आफुले कार्यक्रममा नजाने गरेको बताउँदै –‘मलाई कार्यक्रम, उद्घाटनमा जाँदैन । मलाई यो मतलब पनि छैन् । सो नालाको डिपिआर धनगढीले तयार गरि अघि बढाएको हो ।’

कार्यक्रमका प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार मन्त्री देउवाले कार्यक्रम धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ को संयूक्त आयोजनामा भएकाले आमन्त्रणको जिम्मेवारी पनि वडा अध्यक्षहरुको रहेको बताए । उनले भने –‘कार्यक्रममा आमन्त्रण गर्ने जिम्मेवारी वडा अध्यक्षहरुको हो । उहाँहरुले तपाईसंग किन समन्वय गरेनन् । यो तपाईहरुबिचको आफनो कुरा हो । यो आयोजना अघि बढाउन ढिलाई भइसकेकाले जसरी भएपनि शिलन्यास गर्नुप¥यो भनेकोले म पुगेको हुँ । धनगढी नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु उपमहानगरपालिकाको एउटै संयन्त्र हो । उहाँहरुले तपाईसंग राम्रै सहजिकरण गरिरहेका छन भन्ने उपमहानगरबासीले बुझेका छन् । हामीले पनि त्यही अनुसार बुझेका थियौं । उहाँहरुले तपाईसंग समन्वय नगर्नुमा उहाँलाईनै सम्पर्क गर्नुहोला ।’

कार्यक्रम सम्पन्न पश्चात नगर प्रमुख हमालले वडा अध्यक्षहरुसंग आक्रोशित हुनुपर्नेमा पुनः मन्त्री देउवा र कार्यालयका आयोजना प्रमुख शिखर लामा तामाङसंग आक्रोशित भए । आफुलाई किन आमन्त्रण नगरेको भन्दै नगर प्रमुख हमाल उनीसंग आक्रोश व्यक्त गरिरहेका थिए ।

धनगढीको विकासमा तिन तहकै सरकारबिच सहयोग जरुरी

पूर्वमन्त्री प्रकाश देउवाले पुजापाठ गरि धनगढी उपमहानगरपालिका वडा नम्बर मोहनापुलदेखि चौराहसम्मको वर्षात नालीको शिलन्यास गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री देउवाले भने –‘अहिले मोहनादेखि चौराहसम्म योजना अघि बढाएका छौं । भविष्यमा यो नाली निर्माण कार्य वडा नम्बर १३ मा रहेको मोहनपुरसम्म पु¥याइने छ ।’

मन्त्री देउवाले तीन तहकै सरकारबिच समन्वय बलियो भएमात्र स्थानीय तहको विकास सम्भव रहने बताए । ‘संविधानको अवधारणा अनुसार स्थानीय तह, प्रदेश र संघबिच बलियो समन्वय हुनुपर्छ । तीनै तहका सरकारबिच राम्रो समन्वय भयो भने त्यहाँका जनताले सुविधा पाउँछन र विकास पाउँछन’ उनले भने –‘धनगढीलाई अरु विकसित बनाउँ साच्चिकै प्रदेशको राजधानी जस्तो बनाउँ । शहर जस्तो बनाउँ । त्यसका लागि नगर प्रमुखको पनि सहयोग चाहिन्छ । प्रदेशको पनि सहयोग चाहिन्छ र वडा जनप्रतिनिधिहरुको पनि सहयोग चाहिन्छ । संघमा रहेका जनप्रतिनिधिहरुको पनि सहयोग चाहिन्छ ।’

उनले निर्वाचनका समयमा जनतासंग बोलेका बाचा पुरा गर्न तिनै तहबिच सहयोग नभए काम गर्न समस्या हुने बताउँदै –‘हामी सबै आपसी समझदारी कायम गरि अघि बढ्न जरुरी छ ।’

निर्माण सम्झौताको पाँच महिना पछि अघि बढ्दै योजना

धनगढीको मोहना पुलदेखि चौराहसम्म वर्षात पानी नाली निर्माण आयोजनाको निर्माण सम्झौता यहि असार २० गते भएको थियो । आयोजनाको सम्झौता भएको पाँच महिनापछि बुधबारदेखि निर्माण कार्य अघि बढाइएको छ ।

दुई चरणमा गरिएको ठेक्का सम्झौता धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मोहनादेखि चौराहसम्म शुभलक्ष्मी–आदर्श जेभी र धनगढी उपमहानगरपालिका वडा नम्बर २ मोहनादेखि चौराहसम्म सनराइज–चन्द्रविकास–मष्टा जेभिसंग भएको छ ।

वडा नम्बर २ को योजनाको कुल लागत छ करोड पाँच लाख एक हजार आठ सय ३२ रहेको छ भने वडा नम्बर ३ को आठ करोड ४० लाख २९ हजार दुई सय ९३ रहेको छ । दुबै योजनाको २०८३ वैशाख १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने आयोजना कार्यालयले जनाएको छ ।

कार्यालयका आयोजना प्रमुख शिखर लामा तामाङका अनुसार वडा नम्बर ३ को नाली दुई÷दुई मिटरको चौडाईमा एक हजार चार सय ५० मिटर लम्बाई रहेको छ भने वडा नम्बर २ नालाको एक हजार तीन सय ६५ मिटर लम्बाई रहने छ ।
 

प्रतिक्रिया