Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार गम्भीर घाइते

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार गम्भीर घाइते

धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान सिगास गाउँपालिका-१ मा सुपप्र ०१९००१ च ४०२८ नम्बरको जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकी सिगास-१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । 

दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी गम्भीर घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । 

जिपमा चालकसहित ८ जना सवार रहेकामा जिप चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । दुर्घटनाका क्रममा झ्यालबाट हाम फालेकी धना धामी सकुशल रहेको प्रवक्ता पाण्डेयले बताए ।

गणानबाट इराना जाँदै गर्दा सिगास-१ को माँडौ भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेयले जानकारी दिए ।

 

प्रतिक्रिया