ताजा अपडेट
बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार गम्भीर घाइते
धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान सिगास गाउँपालिका-१ मा सुपप्र ०१९००१ च ४०२८ नम्बरको जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकी सिगास-१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।
दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी गम्भीर घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
जिपमा चालकसहित ८ जना सवार रहेकामा जिप चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । दुर्घटनाका क्रममा झ्यालबाट हाम फालेकी धना धामी सकुशल रहेको प्रवक्ता पाण्डेयले बताए ।
गणानबाट इराना जाँदै गर्दा सिगास-१ को माँडौ भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेयले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया