Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत भेटिए

बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत भेटिए

अछामको एक जंगलमा बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन्। अछामको ढकारी गाउँपालिका –८, पल्साता बस्ने १३ वर्षीया सरस्वति खड्का र १५ वर्षीया ईश्वरी खड्काको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ।

जिल्लाको ढकारी गाँउपालिका-१ को छिन्ने वडार जंगलमा बाख्रा चराउन गएका उनीहरु शनिबार खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको स्थानीय रामबहादुर भण्डारीलाई उदृत गर्दै बालाराम ढकालले जानकारी दिए। दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। 

घटना बारेमा आफूले भर्खरै जानकारी पाएर धनगढीबाट गाउँ फर्किरहेको उपचारमा जानुभएका ढकारी गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउँदले जानकारी दिए । ‘घटना विभत्स खालको भन्ने छ, दुईटाको लाश २० मिटरको फरकमा छ भन्ने आएको छ’ अध्यक्ष साउँदले भने। 

घटनास्थलमा प्रहरी पुगिसकेको भएपनि राति अनुसन्धान हुन नसक्ने भन्दै आईतबार बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जाने तयारी अवस्थामा रहेको भण्डारीको भनाइ छ । उक्त वडाको अधिकांश स्थानमा टेलिफोन सम्पर्कको समस्याका कारण थप विवरण आउन बाँकी छ। घटनाको कारण खुल्न सकेको छैन। प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया