Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत भेटिए

बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत भेटिए

अछामको एक जंगलमा बाख्रा चराउन गएका दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएका छन्। अछामको ढकारी गाउँपालिका –८, पल्साता बस्ने १३ वर्षीया सरस्वति खड्का र १५ वर्षीया ईश्वरी खड्काको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ।

जिल्लाको ढकारी गाँउपालिका-१ को छिन्ने वडार जंगलमा बाख्रा चराउन गएका उनीहरु शनिबार खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको स्थानीय रामबहादुर भण्डारीलाई उदृत गर्दै बालाराम ढकालले जानकारी दिए। दुई किशोरी जंगलमा मृत अवस्थामा भेटिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। 

घटना बारेमा आफूले भर्खरै जानकारी पाएर धनगढीबाट गाउँ फर्किरहेको उपचारमा जानुभएका ढकारी गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउँदले जानकारी दिए । ‘घटना विभत्स खालको भन्ने छ, दुईटाको लाश २० मिटरको फरकमा छ भन्ने आएको छ’ अध्यक्ष साउँदले भने। 

घटनास्थलमा प्रहरी पुगिसकेको भएपनि राति अनुसन्धान हुन नसक्ने भन्दै आईतबार बिहानै प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा जाने तयारी अवस्थामा रहेको भण्डारीको भनाइ छ । उक्त वडाको अधिकांश स्थानमा टेलिफोन सम्पर्कको समस्याका कारण थप विवरण आउन बाँकी छ। घटनाको कारण खुल्न सकेको छैन। प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया