Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुक्खा बन्दरगाह बनाउन ठेक्का प्रक्रिया सुरु

सुक्खा बन्दरगाह बनाउन ठेक्का प्रक्रिया सुरु

कञ्चनपुर — दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहका लागि भारत सरकारले ठेक्का पक्रिया अघि बढाएको छ । भारतको परराष्ट्र मन्त्रालयले एक महिनाको समय तोकेर जनवरी ४ मा ठेक्का आह्वान गरेको हो ।

भारत सरकारले सुक्खा बन्दरगाहका लागि भौतिक पूर्वाधार निर्माण गर्न २ अर्ब ५४ करोड भारु लागत अनुमान सहित ठेक्का आह्वान गरिएको हो । यसको अन्तिम समय फेब्रुअरी ८ छ ।

‘अप्रिलभित्र ठेक्का सम्झौता गरेर काम सुरु गर्ने योजना छ,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘हामीले पनि अप्रिलभित्र ठाउँ खाली गरेर दिन सक्ने गरी काम गरिरहेका छौं ।’

काठमाडौंस्थित भारतीय दूतावासले आगामी अप्रिलभित्र ठाउँ खाली गर्न सकिने नसकिने विषयमा छलफल गरेरै ठेक्का प्रक्रिया अघि बढाएको उनले जनाए । ‘हामीले अप्रिलभित्र ठाउँ खाली गरेर दिने ग्यारेन्टी गरेका छौं,’ गजुरेलले भने, ‘त्यही ग्यारेन्टीपछि भारतीय पक्षले टेन्डर खुलाएको हो ।’

सुक्खा बन्दरगाहका लागि प्रशासनिक भवन, गोदाम, पार्किङ, क्वारेन्टिन भवन र आवासीय भवनलगायत पूर्वाधार निर्माण गरिनेछन् । भारतको राष्ट्रिय राजमार्गबाट सुक्खा बन्दरगाहसम्मको पहुँचमार्गसमेत भारतले नै निर्माण गर्नेछ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दोधारा चाँदनी नगरपालिका–१ मायापुरी सामुदायिक वनको ४३ हेक्टर जमिनमा सुक्खा बन्दरगाह निर्माण गरिनेछ । तर निर्माणस्थलमा रहेका रुख कटानको काम अझै सुरु हुन सकेको छैन ।

सुरुमा जमिनको भोगाधिकार प्राप्तिमै समय लागेको थियो भने अहिले रुख कटानमा समेत ढिलाइ भइरहेको छ । सुक्खा बन्दरगाह निर्माणका लागि अहिले १७ सय २ रुख कटान गर्नुपर्ने देखिएको छ ।

 

प्रतिक्रिया