Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुक्खा बन्दरगाह बनाउन ठेक्का प्रक्रिया सुरु

सुक्खा बन्दरगाह बनाउन ठेक्का प्रक्रिया सुरु

कञ्चनपुर — दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहका लागि भारत सरकारले ठेक्का पक्रिया अघि बढाएको छ । भारतको परराष्ट्र मन्त्रालयले एक महिनाको समय तोकेर जनवरी ४ मा ठेक्का आह्वान गरेको हो ।

भारत सरकारले सुक्खा बन्दरगाहका लागि भौतिक पूर्वाधार निर्माण गर्न २ अर्ब ५४ करोड भारु लागत अनुमान सहित ठेक्का आह्वान गरिएको हो । यसको अन्तिम समय फेब्रुअरी ८ छ ।

‘अप्रिलभित्र ठेक्का सम्झौता गरेर काम सुरु गर्ने योजना छ,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘हामीले पनि अप्रिलभित्र ठाउँ खाली गरेर दिन सक्ने गरी काम गरिरहेका छौं ।’

काठमाडौंस्थित भारतीय दूतावासले आगामी अप्रिलभित्र ठाउँ खाली गर्न सकिने नसकिने विषयमा छलफल गरेरै ठेक्का प्रक्रिया अघि बढाएको उनले जनाए । ‘हामीले अप्रिलभित्र ठाउँ खाली गरेर दिने ग्यारेन्टी गरेका छौं,’ गजुरेलले भने, ‘त्यही ग्यारेन्टीपछि भारतीय पक्षले टेन्डर खुलाएको हो ।’

सुक्खा बन्दरगाहका लागि प्रशासनिक भवन, गोदाम, पार्किङ, क्वारेन्टिन भवन र आवासीय भवनलगायत पूर्वाधार निर्माण गरिनेछन् । भारतको राष्ट्रिय राजमार्गबाट सुक्खा बन्दरगाहसम्मको पहुँचमार्गसमेत भारतले नै निर्माण गर्नेछ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने दोधारा चाँदनी नगरपालिका–१ मायापुरी सामुदायिक वनको ४३ हेक्टर जमिनमा सुक्खा बन्दरगाह निर्माण गरिनेछ । तर निर्माणस्थलमा रहेका रुख कटानको काम अझै सुरु हुन सकेको छैन ।

सुरुमा जमिनको भोगाधिकार प्राप्तिमै समय लागेको थियो भने अहिले रुख कटानमा समेत ढिलाइ भइरहेको छ । सुक्खा बन्दरगाह निर्माणका लागि अहिले १७ सय २ रुख कटान गर्नुपर्ने देखिएको छ ।

 

प्रतिक्रिया