ताजा अपडेट
डोटीमा घाटी रेटिएको अवस्थामा शव फेला
डोटी – डोटीमा एक पुरुषको घाटी रेटिएको अवस्थामा शव फेला परेको छ । सायल गाउँपालिका – ५ दैनाका ४० वर्षीय बहादुर खड्का आइतबार बिहान घाटी रेटिएको अवस्थामा मृत फेला परेका हुन ।
शनिवार छोरीको उपचार गर्न जिल्ला अस्पताल डोटी आएका उनी साँझ आफन्त नाता पर्ने जिल्ला समन्वय समिति डोटीमा चालक छत्र खड्काको कोठामा बसेका थिए ।
राती सोही कोठामा मादक पदार्थ सेवन गरेका उनले आफैले घाटी रेटेर आत्महत्या गरेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया