Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछाममा दुई किशोरी मृत फेला : दुई जना पक्राउ

अछाममा दुई किशोरी मृत फेला : दुई जना पक्राउ

धनगढी । अछाममा दुई किशोरी मृत फेला परेको घटनाको अनुसन्धानका लागि दुई जना पक्राउ परेका छन् । शनिबार साँझा ढकारी गाउँपालिका–८ का १५ वर्षीया सरस्वती खड्का र उनकी भदै १४ वर्षीया इश्वरी खड्का ढकारी गाउँपालिकाकै–१ स्थित छिन्ने ओडारको जंगलमा मृत फेला परेका थिए ।

सोही घटनाको अनुसन्धानका लागि शंकास्पद दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । प्रहरीले पक्राउ परेका दुई जनाको नाम भने सार्वजनिक गरेको छैन । 

डीएसपी भण्डारीका अनुसार शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू सोही दिनदेखि बेपत्ता भएका थिए । ‘प्रहरीलाई भने दोस्रो दिन अर्थात् शनिबार साँझ इश्वरीको शव फेला परेपछि खबर गरिएको थियो,’ डीएसपी भण्डारीले भने, ‘इश्वरीको शव नजिकै सरस्वती पनि मृत फेला परिन् । शनिबार राति भइसकेकोले घटनास्थल सुरक्षाको काम मात्रै भएको थियो ।’

आइतबार भने घटनास्थलमा अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, अछाम प्रहरी प्रमुख भण्डारीसहितका अधिकारी पुगेका थिए । अछामका प्रहरी प्रमुख भण्डारीका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय कोहलपुरको केनाइन शाखाबाट ल्याइएको तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको थियो ।

डीएसपी भण्डारीले दुबै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भेरी लगिएको जानकारी दिए । ‘घटनामा विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘हामीले दुई जनालाई पक्राउ गरेर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएका छौं ।’

प्रतिक्रिया