Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बाकाबीर र ढकाललाई सहिद घोषणा गर्न सुदूरपश्चिम सरकारको सिफारिस

बाकाबीर र ढकाललाई सहिद घोषणा गर्न सुदूरपश्चिम सरकारको सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई सहिद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अछाममा जन्मेका बलदेव शाह (बाकावीर) र कैलालीको लम्कीचुहा नगरपालिका –४ कौवापुरका लोकराज ढकाललाई सहिद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि बाकाबीरलाई सहिद घोषणाका लागि जिल्ला समन्वय समिति अछामले प्रदेश सरकारलाई सिफारिस गरेको थियो । ढकाललाई लम्कीचुहा नगरपालिकाले सहिद घोषणा गर्न सिफारिस गरेको थियो । 

राणा शासकको दमनविरुद्ध अभियान चलाएका बाकाबीर जंगबहादुर राणाको निरंकुशताविरुद्ध लड्दालड्दै मारिएका थिए । ढकाल द्धन्द्धकालमा मारिएका पहिलो व्यक्ति हुन् । तत्कालीन तरुण दल कैलालीका सदस्यसमेत रहेका ढकाललाई तत्कालीन सशस्त्र विद्रोहीले ०५५ माघ ४ गते घरमा सुतिरहेको अवस्थामा हत्या गरेको थियो । 

 

प्रतिक्रिया