Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिम प्रदेशसभाका समितिको निर्वाचन स्थगित

सुदूरपश्चिम प्रदेशसभाका समितिको निर्वाचन स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयन गर्न प्रदेश सभा सचिवालयले प्रक्रिया अघि बढाएको छ । सचिवालयले आइतबार सूचना जारी गर्दै १८ माघमा रिक्त रहेका समितिहरूमा सभापति पदको निर्वाचनका लागि प्रक्रिया थालिएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिहरुका सभापतिको निर्वाचन पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । दुई दिनअघि मात्रै माघ सभापतिहरुको चुनावको कार्यतालिका प्रकाशित गरिएकोमा मंगलबार सो निर्वाचनका कार्यतालिका स्थगित गरिएको हो । ‘माननीय सभामुखज्यूको निर्देशनअनुसार प्रदेशसभाअन्तर्गत रिक्त रहेका विषयगत समितिका सभापति पदहरुको निर्वाचन कार्यक्रम सम्बन्धी १३ माघमा प्रकाशित सूचनामा उल्लेखित निर्वाचन कार्यतालिका अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ,’ प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीले भने । 

१३ माघमा प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको थियो भने १८ माघमा सभापति चयनका लागि सम्बन्धित समितिको बैठक बस्ने जनाइएको थियो । तर, उक्त तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि नबढ्ने भएको हो । 

यसअघि पनि असोजमा निर्वाचनका लागि प्रदेशसभा सचिवालयले तालिका सार्वजनिक गरेकोमा एक दिनमै चुनाव स्थगित गरेको थियो । सुदूरपश्चिम प्रदेशसभाका सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिमा सभापति पद रिक्त छ । भर्खरै विशेषाधिकार समिति पनि थप भएको छ । 

विगतदेखि भागबन्डा नमिल्दा विषयगत समितिको निर्वाचन हुन सकेको थिएन । ११ पुसमा भने सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबण्डा भएको थियो । भागबण्डाअनुसार सत्तारुढ नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी नाउपाले एउटा/एउटा समितिको सभापति लिने सहमति थियो । उक्त भागबण्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली काँग्रेसलाई विशेष समितिका सभापति पाउनुपर्ने हो । तर, नेपाली काँग्रेसले विशेष समितिमा सभापतिको नाम टुंगो लगाउन नसक्दा निर्वाचन स्थगित भएको बताइएको छ । 

 

प्रतिक्रिया