Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिम प्रदेशसभाका समितिको निर्वाचन स्थगित

सुदूरपश्चिम प्रदेशसभाका समितिको निर्वाचन स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयन गर्न प्रदेश सभा सचिवालयले प्रक्रिया अघि बढाएको छ । सचिवालयले आइतबार सूचना जारी गर्दै १८ माघमा रिक्त रहेका समितिहरूमा सभापति पदको निर्वाचनका लागि प्रक्रिया थालिएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिहरुका सभापतिको निर्वाचन पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । दुई दिनअघि मात्रै माघ सभापतिहरुको चुनावको कार्यतालिका प्रकाशित गरिएकोमा मंगलबार सो निर्वाचनका कार्यतालिका स्थगित गरिएको हो । ‘माननीय सभामुखज्यूको निर्देशनअनुसार प्रदेशसभाअन्तर्गत रिक्त रहेका विषयगत समितिका सभापति पदहरुको निर्वाचन कार्यक्रम सम्बन्धी १३ माघमा प्रकाशित सूचनामा उल्लेखित निर्वाचन कार्यतालिका अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ,’ प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीले भने । 

१३ माघमा प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको थियो भने १८ माघमा सभापति चयनका लागि सम्बन्धित समितिको बैठक बस्ने जनाइएको थियो । तर, उक्त तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि नबढ्ने भएको हो । 

यसअघि पनि असोजमा निर्वाचनका लागि प्रदेशसभा सचिवालयले तालिका सार्वजनिक गरेकोमा एक दिनमै चुनाव स्थगित गरेको थियो । सुदूरपश्चिम प्रदेशसभाका सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिमा सभापति पद रिक्त छ । भर्खरै विशेषाधिकार समिति पनि थप भएको छ । 

विगतदेखि भागबन्डा नमिल्दा विषयगत समितिको निर्वाचन हुन सकेको थिएन । ११ पुसमा भने सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबण्डा भएको थियो । भागबण्डाअनुसार सत्तारुढ नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी नाउपाले एउटा/एउटा समितिको सभापति लिने सहमति थियो । उक्त भागबण्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली काँग्रेसलाई विशेष समितिका सभापति पाउनुपर्ने हो । तर, नेपाली काँग्रेसले विशेष समितिमा सभापतिको नाम टुंगो लगाउन नसक्दा निर्वाचन स्थगित भएको बताइएको छ । 

 

प्रतिक्रिया