Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रथम प्रदेशस्तरिय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी धनगढीमा हुने

प्रथम प्रदेशस्तरिय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी धनगढीमा हुने

धनगढी– सुदूरपश्चिम प्रदेशमा उत्पादित रैथाने बाली संरक्षण तथा पशुपन्छी र मत्स्यको विकासका साथै कृषकलाई एकै थलोमा ल्याउन कैलालीको धनगढीमा प्रथम प्रदेशस्तरिय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी हुने भएको छ ।

प्रदेश सरकार गठन भएको सात वर्षपछि पहिलो पटक प्रदेश कृषि विकास निर्देशनालयको आयोजनामा माघ २६ गतेदेखि ‘सुदूरपश्चिम प्रदेशको सम्बृद्धिका लागि समग्र कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकरण, बिविधिकरण र औद्योगिकीकरण’ भन्ने मूल नाराका साथ मेला गर्न लागिएको हो ।

मेला सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा तथा सरोकारवाला सबै सरकारी, गैरसरकारी र नीजि क्षेत्रको समन्वय र सहकार्यमा प्रदेश स्थापना भएपछिको पहिलो पटक गर्न लागिएको निर्देशनालयले जनाएको छ ।

माघ ३० गतेसम्म चल्ने मेला धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलस्थित खुल्ला चौरमा हुने निर्देशनालयका खगेन्द्र शर्माले जानकारी दिए ।

मेलामा कृषक, कृषि समूह÷सहकारी, कृषि फार्म, कृषि उद्यमी÷ब्यवसायी तथा कृषि वा पशुपन्छी बिषय अध्ययन गरि रहेका बिद्यार्थीहरू गरि एक सय २० स्टल रहने आयोजकले जनाएको छ ।

मेलामा प्रदेशको कृषि, पशुपन्छी र मत्स्य क्षेत्रको विकासमा प्राप्त भएको उपलब्धीहरूको एउटा झलक प्रत्यक्ष अवलोकन गर्न पाइने, नौ वटै जिल्लामा उत्पादित कृषि, पशुपन्छी र मत्स्यजन्य बाली/वस्तुहरू रैथाने/स्थानीय समेतको अवलोकन गर्न पाउनुका साथै खरिद/बिक्री गर्न सकिने, कृषि, पशुपन्छी र मत्स्य विकास क्षेत्रका समसामयिक बिषयहरूमा सम्बन्धित बिज्ञहरूबाट जानकारी लिन सकिने, बिभिन्न आधुनिक मेशिनरीहरूको अवलोकन गर्न पाउनुका साथै खरिद÷बिक्री गर्न सकिने निर्देशक शर्माले बताए ।

उनका अनुसार बिभिन्न गैरकाष्ठ बन पैदावारहरू तथा घरेलु एवं साना उद्योगहरू बाट उत्पादित सामाग्रीहरूको अवलोकन गर्न पाउनुका साथै खरिद÷बिक्री गर्न सकिने छ । 

उनले मेलामा प्रदेशका बिभिन्न समुदायमा प्रचलित प्रमुख पोषणयुक्त रैथाने/स्थानिय खाद्य परिकारहरूको अवलोकन गर्न पाउनुका साथै तिनको स्वादको मजा लिन पाइने बताए । उनले बिभिन्न समुदायमा प्रचलित महत्वपूर्ण  रैथाने/स्थानिय नृत्य एवं गितहरूको आनन्द लिन पाइने बताए ।

मेलामा निःशुल्क सहभागि हुन तथा अवलोकन गर्न पाउने ब्यवस्था मिलाइएको उनको भनाई छ ।
 

प्रतिक्रिया