Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछामका दुई किशोरी मृत फेला : हत्या भएको निष्कर्षमा प्रहरी

अछामका दुई किशोरी मृत फेला : हत्या भएको निष्कर्षमा प्रहरी

धनगढी । अछामको ढकारी गाउँपालिकाका–८ का १४ वर्षीया इशरा खड्का र उनकी फूपू १५ वर्षीया सरस्वती खड्काको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । घटनाको अनुसन्धानका लागि खटिएका चार वटा टोली सो निष्कर्षमा पुगेका हुन् । `नियन्त्रणमा लिइएका दुई जनाले पनि हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्,´ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

यता जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले घटनाबारे शनिबार पत्रकार सम्मेलन नै गरेर सार्बजनिक गर्ने तयारी रहेको बताए । `अहिले पनि सीआइबीको टोलीली अनुसन्धान जारी राखेको छ,´ उनले भने, `भोलिसम्म घटनाको सम्पूर्ण विवरण सार्बजनिक गर्ने तयारीमा छौं ।´ उनका अनुसार दुई जनाविरुद्ध कर्तव्य ज्यानमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

अनुसन्धान खटिएका एक अधिकारीका अनुसार शनिबार इशरा र सरस्वतीसंगै अर्को गाउँका आरोपित दुई जना पनि गोठालो गएका थिए । `एक किशोर सरस्वती र अर्को इशरासंग बस्दै कुराकानी गरेका रहेछन्, सोही समयमा सुरुमा सरस्वती र एक किशोरबीच विवाद भएको रहेछ,´ ती अधिकारीले भने, `सरस्वतीलाई ढुङ्गाले प्रहार गर्दै कर्तव्य ज्यान गरि भीरबाट फालेको अनुसन्धानका क्रममा देखिएको छ । सरस्वतीलाई मृत देखेपछि इशराले परिवारमा भनिदिने बताएकी रहेछन् । सोही क्रममा उनलाई पनि छातीमा ढुङ्गाले प्रहार गरेर भीरबाट फालिएको खुलेको छ ।´ ती अधिकारीका अनुसार हत्या गर्न प्रयोग भएका केही ढुङ्गा भीरमा त केही तल मैदानमा भेटिका छन् । `इशराको एक किशोरसंग पहिलेदेखि नै कुरा हुने गरेको खुलेको छ,´ ती अधिकारीले थपे, `आरोपित दुई जनालाई त्यो जंगलमा गएको र फर्केको देख्ने पनि भेटिएका थिए । दुबै किशोर अन्डर एजका हुन् ।´

घटनाको अनुसन्धानका लागि अछाम प्रहरीको टोलीसंगै प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उपेन्द्र बम, संघीय प्रहरी महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक सुशील चन्द र पदम थापा र सीआइबीको टोली खटिएको थियो । सुदूरपश्चिमका डिआइजी गणेश चन्द पनि आफैं अछाम पुगेका थिए । सीआबीबाहेकको टोली अछामबाट फर्किसकेको छ । बाख्रा चराउन गएका दुई किशोरीको शनिबार बेलुका ढकारी गाउँपालिका-१ स्थित छिन्ने ओडारको भीरमा फेला परेको थियो । 

 

प्रतिक्रिया