Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामका दुई किशोरी मृत फेला : हत्या भएको निष्कर्षमा प्रहरी

अछामका दुई किशोरी मृत फेला : हत्या भएको निष्कर्षमा प्रहरी

धनगढी । अछामको ढकारी गाउँपालिकाका–८ का १४ वर्षीया इशरा खड्का र उनकी फूपू १५ वर्षीया सरस्वती खड्काको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । घटनाको अनुसन्धानका लागि खटिएका चार वटा टोली सो निष्कर्षमा पुगेका हुन् । `नियन्त्रणमा लिइएका दुई जनाले पनि हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्,´ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

यता जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले घटनाबारे शनिबार पत्रकार सम्मेलन नै गरेर सार्बजनिक गर्ने तयारी रहेको बताए । `अहिले पनि सीआइबीको टोलीली अनुसन्धान जारी राखेको छ,´ उनले भने, `भोलिसम्म घटनाको सम्पूर्ण विवरण सार्बजनिक गर्ने तयारीमा छौं ।´ उनका अनुसार दुई जनाविरुद्ध कर्तव्य ज्यानमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

अनुसन्धान खटिएका एक अधिकारीका अनुसार शनिबार इशरा र सरस्वतीसंगै अर्को गाउँका आरोपित दुई जना पनि गोठालो गएका थिए । `एक किशोर सरस्वती र अर्को इशरासंग बस्दै कुराकानी गरेका रहेछन्, सोही समयमा सुरुमा सरस्वती र एक किशोरबीच विवाद भएको रहेछ,´ ती अधिकारीले भने, `सरस्वतीलाई ढुङ्गाले प्रहार गर्दै कर्तव्य ज्यान गरि भीरबाट फालेको अनुसन्धानका क्रममा देखिएको छ । सरस्वतीलाई मृत देखेपछि इशराले परिवारमा भनिदिने बताएकी रहेछन् । सोही क्रममा उनलाई पनि छातीमा ढुङ्गाले प्रहार गरेर भीरबाट फालिएको खुलेको छ ।´ ती अधिकारीका अनुसार हत्या गर्न प्रयोग भएका केही ढुङ्गा भीरमा त केही तल मैदानमा भेटिका छन् । `इशराको एक किशोरसंग पहिलेदेखि नै कुरा हुने गरेको खुलेको छ,´ ती अधिकारीले थपे, `आरोपित दुई जनालाई त्यो जंगलमा गएको र फर्केको देख्ने पनि भेटिएका थिए । दुबै किशोर अन्डर एजका हुन् ।´

घटनाको अनुसन्धानका लागि अछाम प्रहरीको टोलीसंगै प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उपेन्द्र बम, संघीय प्रहरी महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक सुशील चन्द र पदम थापा र सीआइबीको टोली खटिएको थियो । सुदूरपश्चिमका डिआइजी गणेश चन्द पनि आफैं अछाम पुगेका थिए । सीआबीबाहेकको टोली अछामबाट फर्किसकेको छ । बाख्रा चराउन गएका दुई किशोरीको शनिबार बेलुका ढकारी गाउँपालिका-१ स्थित छिन्ने ओडारको भीरमा फेला परेको थियो । 

 

प्रतिक्रिया