Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

हमासले छाड्यो थप ८ बन्धक, अर्को चरणमा विपिन जोशी पनि छुट्ने आशा

हमासले छाड्यो थप ८ बन्धक, अर्को चरणमा विपिन जोशी पनि छुट्ने आशा

गाजास्थित हमास समूहले थप ८ बन्धकलाई मुक्त गरेको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमासले बिहीबार साँझ ५ जना थाई र ३ जना इजरायली नागरिकलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा रिहा गरेको हो। 

तर हमासले नेपाली नागरिक विपिन जोशीलाई भने छाडेन। 

सट्टामा इजरायलले पनि बिहीबार साँझ ११० जना प्यालेस्टिनीलाई जेलमुक्त गरेको छ।

इजरायल र प्यालेस्टिनी हमास समूहबीच जनवरी १९ देखि युद्धविराम भएको छ। त्यसयता दुवै पक्षले आआफ्ना नियन्त्रणमा रहेका मानिसलाई सट्टाका रूपमा मुक्त गरिरहेका हुन्। 

बिहीबार साँझ उसले तेस्रोपटक ८ जना बन्धकलाई मुक्त गरेको हो। यसअघि हमासले पहिलो दिन जनवरी १९ मा ३ जना, दोस्रोपटक जनवरी २५ मा ४ जनालाई रिहा गरेको थियो। सबै गर्दा अहिलेसम्म उसले आफ्नो नियन्त्रणमा रहेकामध्ये १५ जनालाई मुक्त गरिसकेको छ।

युद्धविराम सम्झौताअनुसार हमास समूहले ६ साताभित्र आफ्नो नियन्त्रणमा रहेका ३३ जनालाई छाड्नुपर्नेछ। अब चौथो चरणमा विपिन जोशी पनि छुट्ने अपेक्षा इजरायलमा रहेका राजदूत धनप्रसाद पण्डितले गरेका छन्। 

राजदूत पण्डितले ‘शनिबार हुने अर्को आदानप्रदानमा विपिन छुट्छन् भन्ने आशा रहेको’ बीबीसीसँग बताएका छन्।

प्रतिक्रिया