ताजा अपडेट
हमासले छाड्यो थप ८ बन्धक, अर्को चरणमा विपिन जोशी पनि छुट्ने आशा
गाजास्थित हमास समूहले थप ८ बन्धकलाई मुक्त गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमासले बिहीबार साँझ ५ जना थाई र ३ जना इजरायली नागरिकलाई अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा रिहा गरेको हो।
तर हमासले नेपाली नागरिक विपिन जोशीलाई भने छाडेन।
सट्टामा इजरायलले पनि बिहीबार साँझ ११० जना प्यालेस्टिनीलाई जेलमुक्त गरेको छ।
इजरायल र प्यालेस्टिनी हमास समूहबीच जनवरी १९ देखि युद्धविराम भएको छ। त्यसयता दुवै पक्षले आआफ्ना नियन्त्रणमा रहेका मानिसलाई सट्टाका रूपमा मुक्त गरिरहेका हुन्।
बिहीबार साँझ उसले तेस्रोपटक ८ जना बन्धकलाई मुक्त गरेको हो। यसअघि हमासले पहिलो दिन जनवरी १९ मा ३ जना, दोस्रोपटक जनवरी २५ मा ४ जनालाई रिहा गरेको थियो। सबै गर्दा अहिलेसम्म उसले आफ्नो नियन्त्रणमा रहेकामध्ये १५ जनालाई मुक्त गरिसकेको छ।
युद्धविराम सम्झौताअनुसार हमास समूहले ६ साताभित्र आफ्नो नियन्त्रणमा रहेका ३३ जनालाई छाड्नुपर्नेछ। अब चौथो चरणमा विपिन जोशी पनि छुट्ने अपेक्षा इजरायलमा रहेका राजदूत धनप्रसाद पण्डितले गरेका छन्।
राजदूत पण्डितले ‘शनिबार हुने अर्को आदानप्रदानमा विपिन छुट्छन् भन्ने आशा रहेको’ बीबीसीसँग बताएका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया