Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रामारोशनमा बाढीले बगाएर बेपत्ता मध्ये रुखमा अड्किएको एक महिलाको शव नेपाली सेनाले निकाल्यो

रामारोशनमा बाढीले बगाएर बेपत्ता मध्ये रुखमा अड्किएको एक महिलाको शव नेपाली सेनाले निकाल्यो

 अछाम- सोमबार, ०८ भदौ

अछामको रामारोशनमा बाढीले बगाएर बेपत्ता भएकामध्य एक महिलाको शव फेला परेको छ। बाढीले बगाएका १७ जना मध्य रामारोशन-५ की २९ वर्षीया सम्झना शाहको शव सोमबार भेटिएको हो। नेपाली सेनाको अछाम स्थित भवानी बक्स गणबाट खटिएको सेनाको टोलिले मंगलसेन नगरपालिका -३ स्थित चित्रे पुल नजिकै बाटो भन्दा करिब ५० मिटर तल पहरामा रहेको रुखको बिचमा अड्किएको अवस्थामा शवलाई निकालिएको थियो ।

भवानी बक्स गणबाट सेनानी हरीबहादुर श्रेष्टको कमाण्डमा खटिएको उद्धार टोलिका जमदार दिपक राई तथा प्युठ दल बहादुर बुढाले सकल दर्जाको सहयोगमा डोरी बाट रिपेलिङ गरि करिब १ घण्टाको अथक प्रयास पछि उक्त महिलाको शव निकालिएको भवानी बक्स गण अछामका गणपति लोचन कार्कीले बताए । बाढीले बगाएर बेपत्ता भएकामध्ये योसहित ८ जनाको शव भेटिएको छ। ९ जना अझै बेपत्ता छन्। शव कैलाश खोला र बुढीगंगा नदिको दोभाननजिक चित्रे पुल नजिक भेटिएको हो।

प्रतिक्रिया