Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

रामारोशनमा बाढीले बगाएर बेपत्ता मध्ये रुखमा अड्किएको एक महिलाको शव नेपाली सेनाले निकाल्यो

रामारोशनमा बाढीले बगाएर बेपत्ता मध्ये रुखमा अड्किएको एक महिलाको शव नेपाली सेनाले निकाल्यो

 अछाम- सोमबार, ०८ भदौ

अछामको रामारोशनमा बाढीले बगाएर बेपत्ता भएकामध्य एक महिलाको शव फेला परेको छ। बाढीले बगाएका १७ जना मध्य रामारोशन-५ की २९ वर्षीया सम्झना शाहको शव सोमबार भेटिएको हो। नेपाली सेनाको अछाम स्थित भवानी बक्स गणबाट खटिएको सेनाको टोलिले मंगलसेन नगरपालिका -३ स्थित चित्रे पुल नजिकै बाटो भन्दा करिब ५० मिटर तल पहरामा रहेको रुखको बिचमा अड्किएको अवस्थामा शवलाई निकालिएको थियो ।

भवानी बक्स गणबाट सेनानी हरीबहादुर श्रेष्टको कमाण्डमा खटिएको उद्धार टोलिका जमदार दिपक राई तथा प्युठ दल बहादुर बुढाले सकल दर्जाको सहयोगमा डोरी बाट रिपेलिङ गरि करिब १ घण्टाको अथक प्रयास पछि उक्त महिलाको शव निकालिएको भवानी बक्स गण अछामका गणपति लोचन कार्कीले बताए । बाढीले बगाएर बेपत्ता भएकामध्ये योसहित ८ जनाको शव भेटिएको छ। ९ जना अझै बेपत्ता छन्। शव कैलाश खोला र बुढीगंगा नदिको दोभाननजिक चित्रे पुल नजिक भेटिएको हो।

प्रतिक्रिया