ताजा अपडेट
हेलिकप्टरसँग ठोकिएको विमानको ‘ब्ल्याक बक्स’ भेटियो, दुर्घटनाको कारण खुल्ने अपेक्षा
अमेरिकामा सैन्य हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको अमेरिकी एअरलाइन्सको विमानको ब्ल्याक बक्स फेला परेको अधिकारीहरूले बताएका छन्।
नदीमा हराइरहेका यात्रु खोजीका क्रममा विमानका फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर, जसलाई ब्ल्याक बक्स भनिन्छ, भेटिएको हो।
बुधबार राति कान्सासबाट वासिङ्टन आउँदै गरेको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अगाडि बढ्दै गर्दा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरले ठक्कर दिँदा दुवै पोटोम्याक नदीमा खसेर दुर्घटनाग्रस्त भएका थिए।
विमानमा चालक दलसहित ६४ जना थिए भने हेलिकप्टरमा ३ सैनिक थिए। दुर्घटनामा सबै जनाको मृत्यु भएको निष्कर्षमा अमेरिकी अधिकारीहरू पुगेका छन्।
यद्यपि अहिलेसम्म ४० भन्दा बढी शव मात्र निकालिएको सीएनएनले जनाएको छ।
यसैबीच दुर्घटनामा मृत्यु भएकाहरूमा २ जना चिनियाँ नागरिक पनि रहेको चीनको सञ्चारमाध्यमले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया