ताजा अपडेट
कञ्चनपुरमा कांग्रेसका नगर सभापति कलौनी मृत भेटिए
धनगढी । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगर सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको बताए । घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।
कलौनीको शरीरमा बाहिर देखिने चोटपटक नदेखिएपनि घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । अहिलेसम्म प्रहरीले शवलाई छोएको छैन । तालिमप्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको भनाई छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया