Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १७ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सरस्वती पूजामा विद्यालयभित्रै जातीय विभेद

सरस्वती पूजामा विद्यालयभित्रै जातीय विभेद

अछाम — अछामको साँफेबगर नगरपालिका–९ मा रहेको बुढाकोट माविमा सरस्वती पूजा गर्न ल्याइएका ब्राह्मणले दलित समुदायका विद्यार्थी र अभिभाकलाई जातीय विभेद गरेको विद्यार्थीले गुनासो गरेका छन् ।

स्थानीय चेतराज भट्टलाई परिसरमा रहेको सरस्वती मन्दिरमा पूजा गर्न विद्यालयले सोमबार बोलाएको थियो । पुजारीले दलित विद्यार्थीलाई सालको पातमा टीका राखेर भुइँमा राखिदिएको विद्यार्थीहरूले नै गुनासो गरे ।

आफूलाई पनि रातो टीका सालको पातमा बेरेर टाढैबाट भुइँमा राखिदिएको शिक्षक अभिभावक संघका अध्यक्षसमेत रहेका साँफेबगर नगरपालिका–९ बुढाकोटका सर्जन परियारले बताए । ‘विद्यालयभित्र रहेको सरस्वती माताको मन्दिरमा म र मेरी श्रीमती भेटी चढाउन गयौं । विद्यालयले बोलाएका पुजारीको हातबाट अरुले टीका लगाइरहेका थिए । म पनि टीका लगाउन पुगेँ । तर उहाँले सालको पातमा टीका बेरेर भुइँमा प्यात्थ राखिदिनुभयो,’ उनले भने, ‘विभेद गरिएपछि टीका लगाउँदिनँ भनेर त्यहाँबाटै बाहिरिएँ ।’ सार्वजनिक स्थलमा पुजारीले दलित भएकै कारण यस्तो व्यवहार गरेको देख्दा आत्मसम्मानमा पनि ठेस पुगेको अनुभव गरेको उनले सुनाए ।

तीन कार्यकालसम्म शिक्षक अभिभावक संघको अध्यक्ष भएको र विद्यालयमा हुने पूजापाठदेखि अन्य कार्यक्रममा सधैं दलित भएकै कारण हेपिनु परेको उनले बताए । ‘हरेक वर्षको सरस्वती पूजा र अन्य कार्यक्रममा विद्यालयमा दलितमाथि विभेद भएकै हुन्छ । अघिल्लो वर्ष पनि भएको हो,’ सर्जनले भने, ‘एकै गाउँठाउँमा बस्नुपर्ने, किन ठूलो विषय बनाउने भनेर सधैं चुप लाग्यौं । तर हामीमाथि गर्ने विभेद रोकिएन । अहिले अति भएर बोल्न बाध्य भएका हौं ।’

शिक्षक अभिभावक संघका अध्यक्ष परियारलाई पुजारी भट्टले पातमा टीका बेरेर भुइँमा राखिदिएको विद्यालयका प्रधानाध्यापक चक्र कुवँरले पनि स्वीकार गरे । ‘गुरुले केहीलाई टीका लगाए । धेरै जना टीका लगाउन बाँकी थिए । सर्जन परियार पनि टीका लगाउन गएका बेला गुरुले पातमा राखेर आफैं लगाउन भन्नुभयो,’ प्रअ कुवँरले भने, ‘सार्वजनिक स्थलमा कसैलाई यसरी विभेद गर्न पाइँदैन । बरु तपाईं कसैलाई टीका नलगाउनूस् भनेर मैले पनि त्यही बेला गुरुलाई भनेको हुँ ।’

बुढाकोट माविमा २ सय २० विद्यार्थी अध्ययनरत रहेकामा २५ प्रतिशत दलित समुदायका विद्यार्थी रहेको प्रधानाध्यापक कुवँरले बताए ।

सामाजिक कुरीतिका विषयमा आफू निरन्तर बोलिरहेको र विद्यालय परिसरमा पुजारीले दलितलाई गरेको अस्वाभाविक व्यवहार भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं पूर्ववडाध्यक्ष ध्रुव थापाले बताए । ‘सर्जनले पुजारीबाट विभेद भएको विषयलाई त्यतै उठाएपछि गाउँका मान्छे बसेर एक चरणको छलफल पनि भएको छ । तर गुरु त्यता हुनुहुन्न थियो,’ अध्यक्ष थापाले भने, ‘गाउँमा पनि छलफलको विषय बनेको छ । सार्वजनिक स्थलमा दलितमाथि गरिएको विभेदको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

विद्यालयमा पूजा गराउन गएका ४५ वर्षीय भट्टले पनि भुइँमा टीका राखेर दिएको कुरा स्विकारे । ‘गाउँमा जे चलन चलेको छ, मैले त्यही गरेको हुँ । मलाई हतार पनि थियो । टीका भुइँमा राखेर दिएको हुँ । गल्ती भए पनि भयो । जे भए पनि भयो,’ उनले भने, ‘दलित भनेर अपहेलना गरेको होइन । सधैं यसैगरी टीका लगाउने चलन भएकाले मैले पनि त्यही गरेको हुँ ।’

आजको कान्तिपुरबाट

प्रतिक्रिया