Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कैलालीको डाक्टर घाटमा डल्लबसहित २ राँगा र ४ गोरु नियन्त्रणमा, भारतबाट ल्याईदै थिए

कैलालीको डाक्टर घाटमा डल्लबसहित २ राँगा र ४ गोरु नियन्त्रणमा, भारतबाट ल्याईदै थिए

धनगढी । कैलालीमा भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा राँगा र गोरुलाई नियन्त्रणमा लिइएको छ ।

गएराति साढे ९ बजेतिर भजनी नगरपालिका–५ नजिकै पर्ने डाक्टर घाटबाट नेपालतर्फ ल्याइरहेका दुई राँगा र चार गोरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले राति कालिका सामुुदायिक वन नजिक पर्ने अवैध बाटो प्रयोग गरेर डाक्टर घाटबाट डल्लबसहित ल्याइरहेको अवस्थामा राँगा र गोरुलाई नियन्त्रणमा लिइएको बताए तर मानिसहरु भने भागेका छन् ।

दुुई राँगाको अन्दाजी एक लाख, चार गोरुको २० हजार र तीन वटा डल्लबको ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । बरामद गरिएको डल्लबसहित राँगा र गोरु कानुनबमोजिम सम्बन्धीत निकायमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया