ताजा अपडेट
कैलालीका २२ वर्षीय युवकको ठगी धन्दा: साढे तीन करोडको घर किने, खातामा चार करोड
धनगढी । कैलालीबाट काठमाडौं पढ्न पुगेका माइकल डगौरा अहिले प्रहरी हिरासतमा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले डगौराको खातामा अस्वभाविक कारोबार भएको भेटेपछि १८ माघमा नियन्त्रणमा लिएको थियो ।
बर्दगोरिया गाउँपालिका–६ का डगौरा उमेरले २२ वर्षका मात्रै भए । सीआइबीको टोलीले अनुसन्धानका क्रममा माइकलले करोडौंको सम्पत्ति पछिल्लो डेढ वर्षमै जोडेको फेला पारेको छ ।
माइकलले काठमाडौं बूढानीलकण्ठको भंगालमा साढे तीन करोड मूल्यमा पक्की घर किनेका छन् । उनको बैंक खातामा समेत चार करोड रुपैयाँ मौज्जाद भेटिएको छ । ठगीबाटै खरिद गरेको क्रेटा गाडी पनि प्रहरीले बरामद गरेको छ । कैलालीमा पनि माइकलले करोड बढी खर्चेर घर बनाएको सीआइबीले फेला पारेको छ ।
माइकललाई पक्राउ गरेपछि सीआइबीले उनी बस्ने कोठबाट विभिन्न ब्रान्डका एक दर्जन मोबाइल, दुई थान सीपीयू, १९ थान चेक र नगद पाँच लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।
भर्खर २२ वर्षका उनी आइटीमा स्नातक तह अध्ययनरत छन् । जागिरका नाममा कुनै पेसामा आबद्ध नभएका उनी अनलाइन ठगी, क्रिप्टो कारोबार, बैंकिङ ‘फ्रड’ लगायतमा संलग्न रहेको खुलेको छ ।
माइकल समूहले सामाजिक सञ्जालहरूमा अनलाइन जब, घरमै बसेर काम गर्न सकिने जस्ता प्रलोभन देखिने विज्ञापन गर्ने, विभिन्न लिंकहरू पठाउने गरेका थिए । उक्त लिंक खोलेपछि साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंकमा पहुँच पुर्याउने गरेको समेत भेटिएको छ ।
अनुसन्धानका क्रममा अनलाइनको विदेशी ठगी गिरोहको सदस्य बनेर सुरुमा माइकलले ठगी धन्दा चलाएको खुलेको छ । पछि भने उनी आफैं पनि नाइके बनेर अन्य व्यक्तिहरू परिचालन गरेर ठगी गरेको भेटिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया