Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कैलालीका २२ वर्षीय युवकको ठगी धन्दा: साढे तीन करोडको घर किने, खातामा चार करोड

कैलालीका २२ वर्षीय युवकको ठगी धन्दा: साढे तीन करोडको घर किने, खातामा चार करोड

 

धनगढी । कैलालीबाट काठमाडौं पढ्न पुगेका माइकल डगौरा अहिले प्रहरी हिरासतमा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले डगौराको खातामा अस्वभाविक कारोबार भएको भेटेपछि १८ माघमा नियन्त्रणमा लिएको थियो । 

बर्दगोरिया गाउँपालिका–६ का डगौरा उमेरले २२ वर्षका मात्रै भए । सीआइबीको टोलीले अनुसन्धानका क्रममा माइकलले करोडौंको सम्पत्ति पछिल्लो डेढ वर्षमै जोडेको फेला पारेको छ । 

माइकलले काठमाडौं बूढानीलकण्ठको भंगालमा साढे तीन करोड मूल्यमा पक्की घर किनेका छन् । उनको बैंक खातामा समेत चार करोड रुपैयाँ मौज्जाद भेटिएको छ । ठगीबाटै खरिद गरेको क्रेटा गाडी पनि प्रहरीले बरामद गरेको छ । कैलालीमा पनि माइकलले करोड बढी खर्चेर घर बनाएको सीआइबीले फेला पारेको छ । 

माइकललाई पक्राउ गरेपछि सीआइबीले उनी बस्ने कोठबाट विभिन्न ब्रान्डका एक दर्जन मोबाइल, दुई थान सीपीयू, १९ थान चेक र नगद पाँच लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो । 

भर्खर २२ वर्षका उनी आइटीमा स्नातक तह अध्ययनरत छन् । जागिरका नाममा कुनै पेसामा आबद्ध नभएका उनी अनलाइन ठगी, क्रिप्टो कारोबार, बैंकिङ ‘फ्रड’ लगायतमा संलग्न रहेको खुलेको छ । 

माइकल समूहले सामाजिक सञ्जालहरूमा अनलाइन जब, घरमै बसेर काम गर्न सकिने जस्ता प्रलोभन देखिने विज्ञापन गर्ने, विभिन्न लिंकहरू पठाउने गरेका थिए । उक्त लिंक खोलेपछि साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंकमा पहुँच पुर्‍याउने गरेको समेत भेटिएको छ ।

अनुसन्धानका क्रममा अनलाइनको विदेशी ठगी गिरोहको सदस्य बनेर सुरुमा माइकलले ठगी धन्दा चलाएको खुलेको छ । पछि भने उनी आफैं पनि नाइके बनेर अन्य व्यक्तिहरू परिचालन गरेर ठगी गरेको भेटिएको छ । 

 

प्रतिक्रिया

ट्रेन्डिङ