ताजा अपडेट
धनगढीको नोभा अस्पतालको शौचालयमा युवक मृत भेटिए
धनगढी । कैलालीको धनगढीमा रहेको नोभा अस्पतालको शौचालयमा कुरुवा मृत फेला परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयाका २५ वर्षीय रविन्द्र राना मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना आज बिहान साढे २ बजेको हो । `बिरामी भतिजाको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको छन्,´ उनले भने, `२ बजेतिर शौचालय गएका रहेछन् । लामो समयसम्म नफर्किएपछि अस्पतालका सुुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।´
डीएसपी बोहराका अनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुुसन्धान भइरहेको उनले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया