Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कैलालीमा मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु, ३ जना घाइते

कैलालीमा मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु, ३ जना घाइते

धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ ।

बुधबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका–२ को सम्झना चोकमा सुपप्र०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट साइकल पछाडि सवार लम्कीचुहा नगरपालिका–१० बस्ने १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । उनकाअनुुसार ठक्करबाट गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक २५ वर्षीय नवीन चौधरी, पछाडी सवार बर्दियाको आशापुर–८ बस्ने २२ वर्षीय मंगल राजपुत र साइकल चालक लम्कीचुुहा नगरपालिका–१० बस्ने १५ वर्षीय लोकेश भण्डारी रहेका छन् ।

उनीहरु मध्ये गम्भीर अवस्थाका मोटरसाइकल चालकको कोहलपुर र अन्य दुुई जनाको कैलालीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ