ताजा अपडेट
कैलालीमा मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु, ३ जना घाइते
धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक किशोरको मृत्यु भएको छ ।
बुधबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका–२ को सम्झना चोकमा सुपप्र०१००९ प ९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट साइकल पछाडि सवार लम्कीचुहा नगरपालिका–१० बस्ने १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । उनकाअनुुसार ठक्करबाट गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालकसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक २५ वर्षीय नवीन चौधरी, पछाडी सवार बर्दियाको आशापुर–८ बस्ने २२ वर्षीय मंगल राजपुत र साइकल चालक लम्कीचुुहा नगरपालिका–१० बस्ने १५ वर्षीय लोकेश भण्डारी रहेका छन् ।
उनीहरु मध्ये गम्भीर अवस्थाका मोटरसाइकल चालकको कोहलपुर र अन्य दुुई जनाको कैलालीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया