ताजा अपडेट
डोटीमा लागूऔषधसहित तीन जना पक्राउ
डोटी — डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका-२ मा लागूऔषधसहित तीन जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।
बुधबार साँझ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाललाई शंका लागि जाँच गर्दा ०.४२० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। प्रारम्भिक सोधपुछमा उनले उक्त लागूऔषध २२ वर्षीय दिनेश रोकायाबाट किनेको बताएका थिए ।
घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले दिनेश रोकायालाई पक्राउ गरेपछि थप अनुसन्धानको क्रममा उनी १९ वर्षीय अर्जुन बोहराको कोठामा बस्दै आएको खुल्न आएको थियो। त्यसपछि प्रहरी टोलीले अर्जुन बोहराको कोठामा छापा मारेर दिनेश रोकाया र अर्जुन बोहरासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
हाल उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया