ताजा अपडेट
कैलालीमा आमाछोरी मृत भेटिए
धनगढी । कैलालीमा आमाछोरी मृत फेला परेका छन् ।जिल्लाको गोदावरी नगरपालिका–११ मा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार मिरा र प्रिन्सी बिहीबार साँझ साढे ७ बजे घरमै मृत भेटिएका हुन् ।
मृतक दुबै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको डीएसपी बोहराले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । मृतकका श्रीमान् भारतमा छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया