Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

नेता कार्यकर्ताहरूलाई आरजुको निर्देशन– फेसबुकमा नकारात्मक लाइक सेयर नगर्नुहोला, सबैको म हेर्छु

नेता कार्यकर्ताहरूलाई आरजुको निर्देशन– फेसबुकमा नकारात्मक लाइक सेयर नगर्नुहोला, सबैको म हेर्छु

 नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमा नकारात्मक कुरा प्रवर्द्धन नगर्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन दिएकी छन् । शुक्रबार नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको धनगढीमा उद्घाटन गर्दै परराष्ट्र मन्त्री राणाले कांग्रेसका नेता कार्यकर्ता मेहनती इमान्दार भएको चित्रण गर्दै सामाजिक सञ्जालको लाइक र  सेयरमा ध्यान दिन भनेकी छन् ।

‘फेसबुकको लाइक सेयर तपाईँहरू नकारात्मक कुराको नगर्नुहोस् । सबैको फेसबुक म हेर्ने गर्छु, दुई तीन महिनामा  मेरो एउटा टोली छ सबैको फेसबुक हेर्नुहोस् भन्छु’ उनले भनिन्, ‘कुनचाहिँ मान्छेको के मानसिकता रहिछ त्यहीबाट देखिन्छ । ’

पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन् भनेर नकारात्मक प्रचार मात्रै भइरहेको भन्दै देउवाले चिन्ता व्यक्त गरिन् । उनले भनिन्,  ‘देशमा केही नभएको होइन धेरै काम भएको छ । बाहिरी देशले हेर्ने दृष्टिकोण पनि राम्रो हुँदै गइरहेको छ। ’

हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि  प्रयास गरिरहेको उनले बताइन् । परराष्ट्र मन्त्री राणाले सरकारले विपिनको रिहाइका लागि सक्दो प्रयास भइरहेको भन्दै उनी सकुशल फर्किनेमा आफू आशावादी रहेको बताएकी छन् । रिहाइको लागि सबै क्षेत्रबाट प्रयास भइरहेको उनको भनाइ थियो  । ‘विपिन जोशीको रिहाइको लागि हामीले सबैतिरबाट प्रयास गरिरहेका छौ ।  हाम्रो चाहाना विपिन सकुशल फर्केर आउन् भन्ने हो ’ उनले कार्यक्रममा भनिन्, ‘भाग्यमा पनि भर पर्छ, भगवानमा पनि भर पर्छ । उहाँ हुनुहुन्छ भने उहाँ आउनु हुन्छ । हामीले कुनै पनि कसर बाकी राखेका छैनौ । 

आफूले इरानको परराष्ट्र मन्त्रीसँग कुरा गरेको र हमाससँगको मिटिङमा विपिनको विषयमा पनि कुरा राख्ने आश्वासन पाएको बताइन्  ।

अहिले मुलुकमा आत्महत्याको दर बढिरहेको भन्दै यसलाई नियन्त्रण गर्न ठुलो चुनौती रहेको उनको भनाइ थियो । उनले प्रत्येक वर्ष ६ हजारले आत्महत्या गर्ने गरेको बताइन्   । नेपाली कांग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै सबै नेता कार्यकर्तालाई सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गरिन् । उनले राजनीतिबाट मात्रै परिवर्तन ल्याउन सकिने बताउँदै आ–आफ्नो क्षेत्रबाट कर्तव्य पूरा गर्नुपर्ने बताइन् ।

‘देशको जनताले प्रजातन्त्र र लोकतन्त्रलाई विश्वास गरेको छ । यहि विश्वासले यो देशलाई यहाँ सम्म पुराएको हो । अहिले भूराजनीति हेर्दा विश्वसामु समस्या आउन सक्छ’ उनले भनिन्,‘यसमा नेपाली कांग्रेसको नेतृत्व एकदमै महत्त्वपूर्ण । हाम्रो देशको लागि र सबैको लागि । ’

 नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टको सभापतित्वमा भएको जिल्ला सम्मेलनमा जिल्लाभरका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ ।

प्रतिक्रिया