Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

भीम रावलले भने– एमालेबाट निकालियो, अब वैकल्पिक शक्ति निर्माण गर्छौँ

भीम रावलले भने– एमालेबाट निकालियो, अब वैकल्पिक शक्ति निर्माण गर्छौँ

 

धनगढी । नेकपा एमालेबाट निष्कासित भएपछि मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका एमालेका पूर्व नेता भीम रावलले आफूले एमाले छाडेको नभइ निकालिएको बताउँदै आफूमाथि एमालेबाट अन्याय गरिएको बताएका छन् । उनले एमालेभित्र इमान्दार कार्यकर्ता बस्नै नहुने भएपछि बैकल्पिक शक्ति निर्माण गर्नुको विकल्प नभएको बताए । 

मातृभूमि जागरण अभियानअन्तर्गत शनिवार कैलालीमा भेलाको आयोजना गरेको छ । ‘सबैतिर मातृभूमि जागरण अभियानका भेलाहरु सञ्चालन गर्दै जान्छौं,’ रावलले भने ‘अहिलेका थोत्रा नेताहरुको विकल्पमा देशभक्त र वैकल्पिक शक्ति निर्माण गर्छौ ।’ उनले चुनावको ठीक अगाडी पार्टी गर्ने गर्ने बताएका छन् । रावलले भने ‘केपी ओली र उनका वरिपरि बस्नेहरुले कम्युनिष्ट सिद्धान्त च्यूत गरेकाले बैकल्पिक शक्तिका रुपमा अलग पार्टी गठन गर्नु पर्ने अवस्था आएको छ ।’

भेलामा सहभागी हुन आएका रावलका समर्थकहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध चर्काे नारावाजी गरेका थिए । सुदूरपश्चिम प्रदेश सभाका पूर्वसदस्य कृष्णराज सुवेदीको अध्यक्षतामा आयोजित भेलालाई सम्बोधन गर्दै रावलले दुुई तिहाइको बहुमत भएको कम्युनिष्ट पार्टीको सरकार भएको संसद विघटन गरेर केपी ओलीका नाम कम्युनिष्ट पार्टीलाई घात गर्ने व्यक्तिको रुपमा इतिहासमा लेखिने बताए । 

मातृभूमि जागरण अभियानका प्रस्तावक रावलले अहिलेकै जस्तो बेथिति हुने हो भनेसमानुुपातिक प्रणाली खारेज हुनुपर्ने बताए । उनले गाउँगाउँमा सिंहदरबार आएका नभइ कमिशनतन्त्र आएको टिप्पणी पनि गरेका छन् । 

प्रतिक्रिया