Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बैतडीमा तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता हुँदै, विजेतालाई सवा लाख

बैतडीमा तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता हुँदै, विजेतालाई सवा लाख

 

धनगढी । बैतडीमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । फागुन १५ गतेदेखि १८ गतेसम्म मेनेजर तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता हुन लागेको हो ।

मेनेजर तेजबहादुर चन्द स्मृति ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगितामा जिल्लाका १० वटा पालिकाका टिमको सहभागिता रहने छ । 

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद एक लाख २५ हजारसहित ट्रफी, दोस्रो हुने टिमलाई नगद ७५ हजारसहित ट्रफी तथा तेस्रो हुने टिमलाई नगद ३५ हजारसहित ट्रफी वितरण गरिने चन्दले जानकारी दिए । यस्तै सान्त्वना हुने टिमलाई पनि नगद १५ हजार पुरस्कार दिइने ट्रष्टका सचिव चन्दले बताए । भलिबल प्रतियोगिता दशरथ चन्द नगरपालिका–५ सुन्दरखालीमा हुने छ । 

यसअघि पनि तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिताका दुई संस्करण भइसकेका छन् । योभन्दा पहिले एक संस्करण दशरथचन्द नगरपालिकास्तरीय भलिबल प्रतियोगिता भएको थियो भने एकपटक जिल्लास्तरी भलिबल प्रतियोगिता भएको थियो । 

तेजबहादुर चन्द बैकंका व्यवस्थापक थिए । उनको मृत्युपछि उनका छोराहरुले ट्रष्ट खोलेका थिए । उक्त ट्रष्ट जिल्लामा विभिन्न खेल गतिविधिसंगै सामाजिक कार्यमा पनि सक्रिय छ । 

 

प्रतिक्रिया