ताजा अपडेट
सुदूरपश्चिमका यी पालिकाले ‘जनयुद्ध दिवस’ मनाउन दिए बिदा
धनगढी । सुदूरपश्चिमका विभिन्न स्थानीय तहले ’जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिएका छन् । सर्वोच्च अदालतले खारेज गरिदिएको ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदालाई प्रदेशका दुई वटा स्थानीय तहले निरन्तरता दिएका हुन् ।
अछामको रामारोशन गाउँपालिकाले फागुन १ गते जनयुद्ध सुरु गरिएको दिन भएकाले स्थानीय बिदा दिएको जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक खनालका अनुसार २७ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै, दार्चुलाको नौगाड गाउँपालिकाले पनि फागुन १ गते बिदा दिएको छ । बुधबार बसेको बैठकले पालिकाभर बिहीबार बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया