ताजा अपडेट
सुदूरपश्चिमका यी पालिकाले ‘जनयुद्ध दिवस’ मनाउन दिए बिदा
धनगढी । सुदूरपश्चिमका विभिन्न स्थानीय तहले ’जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिएका छन् । सर्वोच्च अदालतले खारेज गरिदिएको ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदालाई प्रदेशका दुई वटा स्थानीय तहले निरन्तरता दिएका हुन् ।
अछामको रामारोशन गाउँपालिकाले फागुन १ गते जनयुद्ध सुरु गरिएको दिन भएकाले स्थानीय बिदा दिएको जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक खनालका अनुसार २७ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै, दार्चुलाको नौगाड गाउँपालिकाले पनि फागुन १ गते बिदा दिएको छ । बुधबार बसेको बैठकले पालिकाभर बिहीबार बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया