Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाख्रा चराउन गएका दुई बालक कर्णालीमा बगेर बेपत्ता

बाख्रा चराउन गएका दुई बालक कर्णालीमा बगेर बेपत्ता

दैलेख : कर्णालीमा नदीमा बगेर दुई बालक बेपत्ता भएका छन्। दैलेखको आठबिस नगरपालिका वडा नम्बर ४ भेल्तडीका दुई बालक नदीमा बगेका हुन्।  मंगलबार दिउँसो पौडी खेल्नेक्रममा उनीहरु नदीमा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार नदीमा बेपत्ता हुनेमा १४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी छन्। स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए। घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन्।

नदीमा बेपत्ता भएका बालको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। स्थानीयले पनि खोजी कार्य जारी राखेको दैलेखका डीएसपी हरिबहादुर वलीले जानकारी दिए। नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खोजीमा खटाइएको छ। 

प्रतिक्रिया