Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिम सरकारको बजेट खर्च न्यून

सुदूरपश्चिम सरकारको बजेट खर्च न्यून

कैलाली- कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्षको पुँजीगत (विकास) खर्च एकदमै कमजोर देखिएको छ । चालू आर्थिक वर्षको पाँच महिना सकिएको छ । आर्थिक वर्ष २०८१/०८२ सुरु भएको ६३ दिनपछि बजेट ल्याएको सुदूरपश्चिम सरकार बजेट खर्चमा झन् पछाडि रहेको छ । चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा पुँजीगत खर्च एक अर्ब ३२ करोड ३६ लाख अर्थात् सात प्रतिशत मात्रै छ । त्यसमध्ये एक अर्ब गतवर्ष गरिएको कामको भुक्तानी दिँदा भएको खर्च हो ।

सबैभन्दा बढी पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता मोहन कुँवरका अनुसार एक अर्बभन्दा बढी गत वर्षदेखि कार्यान्वयनमा रहेको योजनाको भुक्तानी हो । उनले भने, ‘चालू आर्थिक वर्षको खर्च हुने कुरै छैन । बजेट पनि ढिला आयो । भर्खर प्रक्रिया सुरु हुँदैछ ।’

प्रदेश सरकारको कूल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेकोमा चालू आर्थिक वर्षमा पुँजीगत बजेट १८ अर्ब ७६ करोड २४ लाख २३ हजार रहेको छ । चालूतर्फको बजेट १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार रहेकोमा मंसिरसम्म २ अर्ब १२ करोड २ लाख ४४ हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले अहिलेसम्म आठ वटा बजेट ल्याएको छ । बजेटको आकार सुरुवातदेखि लगभग उस्तै छ । प्रदेश सरकारले ल्याएका सात वटा बजेटको कार्यान्वयन अवधि सकिँदासम्म ६७ अर्ब बजेट खर्च गर्न सकेको छैन ।
आर्थिक वर्ष २०७४/०७५ मा तीन महिनाका लागि प्रदेश सरकारले एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याएको थियो । त्यो वर्ष ७६ करोड ६ लाख खर्च भएन ।

आर्थिक वर्ष २०७५/०७६ का लागि २५ अर्ब छ करोड ५६ लाखको बजेट ल्याएको प्रदेश सरकारले १० अर्ब ९० करोड २२ लाख खर्च गर्न सकेन । आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाखको बजेट ल्याएकोमा १० अर्ब ४७ करोड खर्च भएको थिएन ।

आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाखको बजेट प्रस्तुत गरिएकोमा ११ अर्ब ४९ करोड ९५ लाख खर्च भएको थिएन । आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाखको बजेट प्रस्तुत गरिएको थियो । १० अर्ब ५० करोड ९४ लाख खर्च भएन ।

आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट ल्याइएकोमा १० अर्ब ९३ करोड पाँच लाख खर्च भएको थिएन । गत आर्थिक वर्ष २०८०/०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाखको बजेट ल्याइएकोमा १० अर्ब ६६ करोड ८० लाख खर्च भएन ।

प्रतिक्रिया