Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिम सरकारको बजेट खर्च न्यून

सुदूरपश्चिम सरकारको बजेट खर्च न्यून

कैलाली- कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्षको पुँजीगत (विकास) खर्च एकदमै कमजोर देखिएको छ । चालू आर्थिक वर्षको पाँच महिना सकिएको छ । आर्थिक वर्ष २०८१/०८२ सुरु भएको ६३ दिनपछि बजेट ल्याएको सुदूरपश्चिम सरकार बजेट खर्चमा झन् पछाडि रहेको छ । चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा पुँजीगत खर्च एक अर्ब ३२ करोड ३६ लाख अर्थात् सात प्रतिशत मात्रै छ । त्यसमध्ये एक अर्ब गतवर्ष गरिएको कामको भुक्तानी दिँदा भएको खर्च हो ।

सबैभन्दा बढी पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता मोहन कुँवरका अनुसार एक अर्बभन्दा बढी गत वर्षदेखि कार्यान्वयनमा रहेको योजनाको भुक्तानी हो । उनले भने, ‘चालू आर्थिक वर्षको खर्च हुने कुरै छैन । बजेट पनि ढिला आयो । भर्खर प्रक्रिया सुरु हुँदैछ ।’

प्रदेश सरकारको कूल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेकोमा चालू आर्थिक वर्षमा पुँजीगत बजेट १८ अर्ब ७६ करोड २४ लाख २३ हजार रहेको छ । चालूतर्फको बजेट १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार रहेकोमा मंसिरसम्म २ अर्ब १२ करोड २ लाख ४४ हजार खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले अहिलेसम्म आठ वटा बजेट ल्याएको छ । बजेटको आकार सुरुवातदेखि लगभग उस्तै छ । प्रदेश सरकारले ल्याएका सात वटा बजेटको कार्यान्वयन अवधि सकिँदासम्म ६७ अर्ब बजेट खर्च गर्न सकेको छैन ।
आर्थिक वर्ष २०७४/०७५ मा तीन महिनाका लागि प्रदेश सरकारले एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याएको थियो । त्यो वर्ष ७६ करोड ६ लाख खर्च भएन ।

आर्थिक वर्ष २०७५/०७६ का लागि २५ अर्ब छ करोड ५६ लाखको बजेट ल्याएको प्रदेश सरकारले १० अर्ब ९० करोड २२ लाख खर्च गर्न सकेन । आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाखको बजेट ल्याएकोमा १० अर्ब ४७ करोड खर्च भएको थिएन ।

आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाखको बजेट प्रस्तुत गरिएकोमा ११ अर्ब ४९ करोड ९५ लाख खर्च भएको थिएन । आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाखको बजेट प्रस्तुत गरिएको थियो । १० अर्ब ५० करोड ९४ लाख खर्च भएन ।

आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट ल्याइएकोमा १० अर्ब ९३ करोड पाँच लाख खर्च भएको थिएन । गत आर्थिक वर्ष २०८०/०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाखको बजेट ल्याइएकोमा १० अर्ब ६६ करोड ८० लाख खर्च भएन ।

प्रतिक्रिया