Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कार्यसम्पादनमा सुदूरपश्चिम प्रदेश देशभरमै उत्कृष्ट

कार्यसम्पादनमा सुदूरपश्चिम प्रदेश देशभरमै उत्कृष्ट

 

धनगढी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यसवर्ष पहिलो बनेको छ । सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अंक पाएको छ । आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो । 

अघिल्लो पटक पहिलो भएको कोशी प्रदेश यसपटक दोस्रो भएको छ । उसले ५०.९ अंक प्राप्त गरेको छ । यस्तै, ४५.६ अंक पाएको बागमती तेस्रो, ४१.६ अंक पाएको कर्णाली चौथो, ४०.८ अंक पाएको गण्डकी पाँचौँ, ३५.९ अंक पाएको लुम्बिनी छैटौँ र ३० अंक पाएको मधेश पुछारमा छ । 

यस्तै स्थानीय तहहरुमा देशभरमा डडेल्धुराको अमरगढी नगरपालिका पहिलो भएको छ । अमरगढी नगरपालिकाले ८१.७ ल्याएको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै उत्कृष्ट पाँच स्थानीय तहमा अमरगढीसँगै इलामको सूर्योदय नगरपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिका रहेका छन् । इलामको सूर्योदय नगरपालिकाले ८०.२ अंक ल्याएको छ भने अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाले ८०.१, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ७८.२, स्याङ्जाको आँधिखोला गाउँपालिकाले ७८ अंक ल्याएको छ ।

यस्तै महानगरपालिकातर्फ भरतपुर महानगरपालिका सबैभन्दा अगाडि रहेको छ । भरतपुरको ७६.२ अंक आएको छ भने दोश्रोमा विराटनगर महानगरपालिका ७३.५, तेस्रोमा ललितपुर महानगरपालिका ६६.७, चौथोमा काठमाडौं महानगरपालिका ५४.३, पाँचौंमा पोखरा महानगरपालिका ५१.५ र छैटौंमा विरगञ्ज महानगरपालिका ४३.१ अंक ल्याएका छन् ।

स्थानीय तहको शिक्षा, स्वास्थ्य, आन्तरिक आय, पुँजीगत खर्चको अवस्था, कूल विनियोजन रकमको अवस्था, संकलित करबाट प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा गरे नगरेको अवस्था, पूर्ण खोप कार्यान्वयन, गर्भवती महिलाको जाँचको अवस्था लगायतका सूचकहरुमा आयोगले मूल्यांकन गर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया