Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०३ फागुन २०८२
प्रचलनमा:
ताजा अपडेट
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान

सुदूरपश्चिमको योजना आयोगमा दुई सदस्य थपिए, सुनार र कुँवर नियुक्त

सुदूरपश्चिमको योजना आयोगमा दुई सदस्य थपिए, सुनार र कुँवर नियुक्त

धनगढी– प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिममा दुई सदस्य थप भएका छन् । उपाध्यक्ष र दुई सदस्यको नियुक्ति भएको डेढ महिनापछि प्रदेश मन्त्रिपरिषद्ले थप दुई सदस्य नियुक्त गरेको हो । 

नयाँ नियुक्त भएका सदस्यमा नेपाली काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र एमाले सुदूरपश्चिमको सचिवालय सदस्य कर्ण कुँवर रहेका छन् । सुनारको घर कैलालीको धनगढी हो भने कुँवरको घर बैतडीको पुर्चौडी हो । नवनियुक्त सदस्यहरुको सपथ ग्रहण कार्यक्रम शुक्रबार गरिएको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले डाक्टर जीवन रानालाई उपाध्यक्षमा नियुक्त गरेको थियो । कैलालीको धनगढीकी राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । यस्तै आयोगको सदस्यमा डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी पनि यसअघि नै नियुक्त भएका थिए । भण्डारी काँग्रेस डडेल्धुराका सचिव हुन् । चन्द एमाले कञ्चनपुरका नेता हुन् ।  

प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको प्रदेशका लागि आवश्यक यथार्थ तथ्याङ्क प्रणालीको विकास गर्नु मुख्य उद्येश्य हो । उपयुक्त विकास नीतिहरु तर्जुमा गर्नु, अपेक्षित प्रतिफलमा आधारित योजना तर्जुमा गर्नु, राष्ट्रिय लक्ष्य र दिगो विकासका लक्ष्यसँग योजनाको सम्बन्ध कायम गर्नु र अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई व्यवस्थित र संस्थागत बनाउनु प्रदेश नीति तथा योजना आयोगको उद्येश्य हो ।
 

प्रतिक्रिया