Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिमका विषयगत समितिको निर्वाचन हुँदै, यी हुन् सम्भावित सभापति

सुदूरपश्चिमका विषयगत समितिको निर्वाचन हुँदै, यी हुन् सम्भावित सभापति

धनगढी– सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । प्रदेशसभा सचिवालले समितिका सभापतिको निर्वाचन आइतबार सम्पन्न हुने गरी तालिका सार्वजनिक गरेको हो । 

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति र विशेषाधिकार समितिको सभापति चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएको हो । 

‘३ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन, ११ बजेदेखि साढे ११ बजेसम्म दाबीविरोध, साढे ११ बजेदेखि १२ बजेसम्म अन्तिम नामावली प्रकाशन, १ बजेदेखि ४ बजेसम्म सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता हुने छ,’ बोगटीले भने, ‘४ गते बिहान १० बजेदेखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारीमाथि दाबीविरोध, ११ बजेदेखि १२ बजेसम्म सभापतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा १ बजे सभापति निर्वाचनका लागि सम्बन्धित समितिको बैठक गर्दै निर्वाचन परिणाम घोषणा गर्ने तालिका बनाएका छौं ।’

यसअघि पनि समिति सभापतिको निर्वाचन गर्नका लागि दुई पटक प्रदेशसभा सचिवालयले निर्वाचन तालिका सार्वजनिक गरेको थियो । असोजमा सत्तारुढ दलबीच भागबन्डा नमिल्दा निर्वाचन स्थगित भएको थियो । यस्तै माघमा तीन वटा समितिको मात्रै निर्वाचन गर्न तालिका सार्वजनिक गरिएकोमा नेपाली काँग्रेसले चार समितिकै संगै निर्वाचन गर्न आग्रह गरेपछि स्थगित भएको थियो । 

रिक्त रहेका चार समितिका सभापति चयनका लागि सत्तारुढ दलले भागबन्डा गरिसकेका छन् । ११ पुसमा कांग्रेस र एमालेबीच विषयगत समितिको सभापतिमा भागवन्डा गर्ने सहमति भएको थियो । भागवण्डाअनुसार सत्तारुढ कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी नाउपाले एउटा–एउटा समितिको सभापति लिने सहमति थियो । उक्त भागवण्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सार्वजनिक लेखा समिति र कांग्रेसले विशेष समितिको सभापति पाउनुपर्ने हो ।

यी हुन् सम्भावित सभापति

विशेषाधिकार समिति कांग्रेसको भागमा छ । उक्त समितिमा कांग्रेसबाट मधु भारती र तुलसी देवकोटा छन् । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले देवकोटालाई सभापति बनाउने निर्णय गरेको छ । 

माओवादी केन्द्रको भागमा परेको सार्वजनिक लेखा समितिमा अहिले उक्त पार्टीबाट दल नेता मनबहादुर धामी, उपनेता अक्कल रावल र प्रमुख सचेतक गीतादेवी माल छन् । उक्त दलमा एकवर्षदेखि विवाद छ । यद्यपी रावललाई सभापति बनाउने माओवादीको तयारी छ । 

नागरिक उन्मुक्ति पार्टीको भागमा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति छ । उक्त समितिमा उन्मुक्तिका घनश्याम चौधरी मात्रै सदस्य छन् । उनी नै दल नेता पनि हुन् भने यसअघि पनि उक्त समितिको सभापति भइसकेका थिए । अहिले फेरि चौधरी नै सभापति बन्ने निश्चित जस्तै छ । नेकपा एमालेको भागमा सामाजिक विकास समिति परेको छ । त्यो समितिमा एमालेका तर्फबाट धर्मराज पाठक मात्रै सदस्य छन् । उक्त समितिको नेतृत्व पाठकले गर्ने सम्भावना छ ।
 

प्रतिक्रिया