Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २५ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सुदूरपश्चिमका विषयगत समितिको निर्वाचन हुँदै, यी हुन् सम्भावित सभापति

सुदूरपश्चिमका विषयगत समितिको निर्वाचन हुँदै, यी हुन् सम्भावित सभापति

धनगढी– सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । प्रदेशसभा सचिवालले समितिका सभापतिको निर्वाचन आइतबार सम्पन्न हुने गरी तालिका सार्वजनिक गरेको हो । 

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति र विशेषाधिकार समितिको सभापति चयनका लागि निर्वाचन तालिका सार्वजनिक भएको हो । 

‘३ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन, ११ बजेदेखि साढे ११ बजेसम्म दाबीविरोध, साढे ११ बजेदेखि १२ बजेसम्म अन्तिम नामावली प्रकाशन, १ बजेदेखि ४ बजेसम्म सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता हुने छ,’ बोगटीले भने, ‘४ गते बिहान १० बजेदेखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारीमाथि दाबीविरोध, ११ बजेदेखि १२ बजेसम्म सभापतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा १ बजे सभापति निर्वाचनका लागि सम्बन्धित समितिको बैठक गर्दै निर्वाचन परिणाम घोषणा गर्ने तालिका बनाएका छौं ।’

यसअघि पनि समिति सभापतिको निर्वाचन गर्नका लागि दुई पटक प्रदेशसभा सचिवालयले निर्वाचन तालिका सार्वजनिक गरेको थियो । असोजमा सत्तारुढ दलबीच भागबन्डा नमिल्दा निर्वाचन स्थगित भएको थियो । यस्तै माघमा तीन वटा समितिको मात्रै निर्वाचन गर्न तालिका सार्वजनिक गरिएकोमा नेपाली काँग्रेसले चार समितिकै संगै निर्वाचन गर्न आग्रह गरेपछि स्थगित भएको थियो । 

रिक्त रहेका चार समितिका सभापति चयनका लागि सत्तारुढ दलले भागबन्डा गरिसकेका छन् । ११ पुसमा कांग्रेस र एमालेबीच विषयगत समितिको सभापतिमा भागवन्डा गर्ने सहमति भएको थियो । भागवण्डाअनुसार सत्तारुढ कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी नाउपाले एउटा–एउटा समितिको सभापति लिने सहमति थियो । उक्त भागवण्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सार्वजनिक लेखा समिति र कांग्रेसले विशेष समितिको सभापति पाउनुपर्ने हो ।

यी हुन् सम्भावित सभापति

विशेषाधिकार समिति कांग्रेसको भागमा छ । उक्त समितिमा कांग्रेसबाट मधु भारती र तुलसी देवकोटा छन् । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले देवकोटालाई सभापति बनाउने निर्णय गरेको छ । 

माओवादी केन्द्रको भागमा परेको सार्वजनिक लेखा समितिमा अहिले उक्त पार्टीबाट दल नेता मनबहादुर धामी, उपनेता अक्कल रावल र प्रमुख सचेतक गीतादेवी माल छन् । उक्त दलमा एकवर्षदेखि विवाद छ । यद्यपी रावललाई सभापति बनाउने माओवादीको तयारी छ । 

नागरिक उन्मुक्ति पार्टीको भागमा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति छ । उक्त समितिमा उन्मुक्तिका घनश्याम चौधरी मात्रै सदस्य छन् । उनी नै दल नेता पनि हुन् भने यसअघि पनि उक्त समितिको सभापति भइसकेका थिए । अहिले फेरि चौधरी नै सभापति बन्ने निश्चित जस्तै छ । नेकपा एमालेको भागमा सामाजिक विकास समिति परेको छ । त्यो समितिमा एमालेका तर्फबाट धर्मराज पाठक मात्रै सदस्य छन् । उक्त समितिको नेतृत्व पाठकले गर्ने सम्भावना छ ।
 

प्रतिक्रिया

ट्रेन्डिङ