Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १० जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  घाइते, टाउकोमा चोट शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते, टाउकोमा चोट साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु

सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण

सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण

अछाम – सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ८ बयालपाटाका ३० बर्षिय युवक निरोज भुलको बायाँ खुट्टा तिरको हिप जार्नेीको सफल प्रत्यारोपण भएको हो । 

आर्थिक अभावका कारण ३ बर्ष देखि दुखाई झेलिरहेका भाईको उपचार गराउन नसकेका निरोजका दाई बिक्रमले ६ महिना अघि बयालपाटा अस्पतालमा पुगेर भाईको उपचार यँहि गरिदिन भनेर अर्र्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठक संग आग्रह गरे । 

बिक्रमको आग्रह पछि डा. मन्दिपले निरोजको खुट्टाको एमआरआई गरेर आउन भने, बिक्रमले भाईलाई नपालगञ्ज लिएर एमआरआई गराएर अछाम फर्केका थिए ।
निरोजको एमआरआई हेर्दा बाँया खुट्टाको गेठी (हिप) पूर्ण रुपमा मरेको थियो शल्यक्रियामा संलग्न डाक्टर मन्दिप पाठकले भने, उनको पुरै हिप रिप्लेशमेन्ट (खुट्टाको गोलीगाँठो) को प्रत्यारोपण गर्नुपर्ने थियो । 

‘हामीले निरोजको हिप रिप्लेशमेन्ट गर्ने गरी शल्यक्रियाको तयारी ग¥यौँ’, डा. मन्दिपले भने, ‘उनको बायाँ खुट्टा तिर रहेको हिप रिप्लेशमेन्ट गर्न सफल भयौँ ।’

डा. मन्दिपको नेतृत्वमा भएको यस शल्यक्रिया बरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर भाष्कर राज पन्त, अर्थोपेडिक सर्जन डाक्टर सन्दिप भण्डारी समेत संलग्न थिए ।  सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा भएको यस शल्यक्रियामा साथ दिन डा. पन्त र डा. भण्डारी हिजो मात्रै काठमाण्डौँबाट अछाम आईपुगेका थिए । 

दुर्गम ठाँउमा पहिलो पटक भएको यो शल्यक्रियामा जोखिम हुन सक्ने र स्रोत साधनले समेत अप्ठ्यारो हुन सक्ने सम्भावनाका बिच डा. मन्दिप नेतृत्वको टिमले सफल शल्यक्रिया गराएरै छाडे ।  
शल्यक्रियामा संलग्न डाक्टर भाष्कर राज पन्तका अनुसार निरोजलाई १ दिन मात्रै अस्पतालमा राखेर दोश्रो दिन आज हिड्न लगाएर भोली घर फर्काउने तयारी छ । 

निरोजको पूर्ण जोर्नी प्रत्यारोपणका लागि बयालपाटा अस्पताल पुगेका अर्थोपेडिक सर्जन डाक्टर भाष्करराज पन्तका अनुसार सुदूरपहाड मै पहिलो पटक यस्तो खालको अप्रेशन बयालपाटा अस्पतालमा भएको बताए । 

नेपालका ठुलठुला सेन्टरमा मात्र हुने यो एक प्रकारको ठुलै प्रबिधि भएको र यसका लागि आवश्यक पर्ने सबै उपकरण काठमाण्डौँबाट ल्याईएको उनले बताए । अमेरिकामा बनेको नयाँ कम्पनी जिम्मरको उपकरण यस अप्रशेनमा प्रयोग गरिएको छ, त्यसका लागि प्राविधिक सहयोगी समेत बयालपाटा अस्पताल आएका थिए । बिरामीलाई अर्ध बहोस गराई भित्र बिग्रको, खिईएको, हिड्दा अप्ठेरो भएको, छोटो भएको खुट्टाको हिप जोर्नीको हड्डी (गोली गाँठो) काटेर त्यसलाई झिकेर त्यसको ठाँउमा कृत्रिम गेठी राखिएको र त्यसमा गोलीगाँठो चल्ने घर (ठाँउ) समेत कृत्रिम बनाईने अप्रेशन भएको डा. पन्तले बताए । 

बिरामी एक दिनपछि नै त्यो खुट्टाले टेकेर हिड्न मिल्ने र युवा अवस्थामा यो प्रविधिको प्रयोग गर्दा आगामी दिनमा काम गर्न सहज हुनुका साथै लामो समयसम्म टिक्ने बनाईएको शल्यक्रियामा संलग्न अर्का अर्थोपेडिक सर्जन डाक्टर सन्दिप भण्डारीले बताए ।  खुट्टाको शल्यक्रियापश्चात निरोजको मुहारमा खुसी छाएको छ । उनले निःशुल्क रूपमा शल्यक्रिया गर्न पाएर आफ्नो खुट्टा संचो हुने महुसुस गरिसकेका छन् । उनले भने, ‘हिजोसम्म त दुखाइ थियो तर आज त्यो दुखाइ पनि कम भएको छ ।’ आफूले दोस्रो जीवन पाएजत्तिकै खुसी मिलेको निरोजले भने ।

अप्रेशन कक्षमा लिनु पहिले मनमा डर लागिरहेको थियो निरोज भन्छन् तर जब अप्रेशन सुरु भयो मलाई खासै दुखाईको अनुभव नै भएन । ३ बर्षदेखि बल्झिरहेको दुखाई अब पूर्ण रुपमा निको हुने आशामा निरोज रहेका छन् ।  आफ्नो भाईको घरछेउमै सफल शल्यक्रिया हुदाँ, निरोजका दाई बिक्रम पनि हर्षित छन् । नेपालगञ्ज अथवा काठमाण्डौँ अप्रशेन गर्दा घरखेत बेच्नु पर्थ्यो तर आफ्नै घर नजिकै निशुल्क भाईको उपचार हुदाँ एकदमै खुशी लागेको बिक्रम भुलले बताए । डा. मन्दिप भन्छन्, ‘यस्तो प्रकारको शल्यक्रिया दुर्गममा गर्न कठिन भएपनि सम्भव छ । श्रोत साधन हुने हो र सरकारले समेत यसमा साथ दिने हो भने जोर्नीहरु खिईएको, घुँडाको हड्डी खिईएको, कम्मरको हड्डी खिईएका बिरामीको समेत बयालपाटा अस्पतालमै अप्रेशन गर्न सकिन्छ । 

खुट्टा दुखिराख्ने, उकालो उरालो गर्न गाह्रो हुने, ठुलो समान बोक्न अप्ठेरो हुने, राती सुत्दा पनि दुख्ने, शरिरको तल्लो भागमा ज्वरो आउने र ढाड दुख्ने समस्याले निरोज भुललाई ३ बर्ष देखि पिरोलि रहेको थियो । ७२ बर्षिय चन्द्रकलाको समेत हिपको जोर्नी प्रत्यारोपण । यसै बिच जिल्लाको चौरपाटी गाँउपालिका वडा नं. ५ गयलकी ७२ बर्षिय चन्द्रकला खड्काको समेत हिप जोर्नीको सफल प्रत्यारोपण भएको छ । ४ दिन पहिले घरबाट लडेर घाईते भएकी खड्काको समेत हिपको जोर्नी भाँचिएको थियो । 

उनको समेत आजै सफल शल्यक्रिया भएको हो । डाक्टर मन्दिप पाठकको नेतृत्वको टोलीले खड्काको अर्ध अहिप जोर्नीको सफल प्रत्यारोपण गरेको हो । उनको गोलीगाँठो फेरिएको हो । 
घरबाट लड्दा खुट््टाको हड्डी टुटेको रैछ उनका साथमा आएका ७३ बर्षिय श्रीमान् बज्जिरे खड्काले भने यहाँ उपचार नभएको भए भारत जानुपर्ने थियो तर यहि आफ्नै ठाँउमा निशुल्क उपचार हुदाँ निकै खुशी लागेको छ । उमेरले पनि वृद्ध अवस्थाका मान्छे, त्यसमा पनि बिभिन्न समस्याका कारणले झन् बढी जोखिम हुने भएपनि डा. मन्दिपको टिमले उनको शल्यक्रिया गरेको हो । 
‘यस्तो अवस्थामा शल्यक्रिया गर्दा रगत धेरै बग्ने भएका कारण अरु जोखिमसमेत हुन्छ’, उनले भने, ‘तर, हामीले सफलतापूर्वक उनको शल्यक्रिया गर्न सफल भयौँ ।’

बयालपाटामा दैनिक उपचार गराउन आउने बिरामी मध्ये दिनकै ८ देखि १० जना बिरामी यस्तो प्रकारका हड्डी खिईएको बिरामी आउने गरेका उनको भनाई छ । पाका उमेरका नागरिकमा हड्डी खिईने समस्या दुर्गम अझ धेरै छ, अर्थोपेडिक सर्जन डाक्टर भाष्करराज पन्तले भने शल्यक्रिया गरि उनिहरुलाई हिड्न बनाउने जोर्नी प्रत्यारोपण भनेको जिन्दगी बचाउने शल्यक्रियाका रुपमा लिने गरिन्छ । बयालपाटा अस्पतालमा यस्ता प्रकारका थुप्रै शल्यक्रिया गर्न सकिने पूर्वाधार भएपनि दिर्घकालिन रुपमा अस्पताल सञ्चालनको सुनिश्चिता हुनु अपरिहार्य छ । दुर्गमका जनतालाई शुल्क तिरेर शल्यक्रिया गर्न अप्ठेरो हुने अवस्थामा बयालपाटा अस्पतालमा निशुल्क शल्यक्रिया हुदाँ यहाँका नागरिकले दोश्रो जीवन पाएको अनुभुती गर्छन् । 

न्याय हेल्थ नेपालको व्यावस्थापन र सञ्चालनमा रहेको बयालपाटा अस्पताल अहिलेकै मोडेलमा सञ्चालनमा हुनुपर्ने पूर्व जिविस सभापती भरत कुमार स्वाँरको भनाई छ । बयालपाटा अस्पताल बुझ्नेलाई श्रीखंण्ड नबुझ्नेलाई खुर्पाको बिड भने जस्तै हो पूर्व सभापती स्वाँरले भने जुनसकै हालतमा पनि बयालपाटा अस्पताल यहि अवस्थामा सञ्चालन गराउन पहल गर्नुपर्छ । आज मैले थाह पाँए काठमाण्डौँ जस्ता ठुलठुला शहरमा मात्र हुने र मैले आफै पनि बुझेको छु १५÷१६ लाख खर्च हुने जस्तो अप्रेशन बयालपाटा अस्पतालमा निशुल्क रुपमा सफल हुनु हाम्रा लागि गर्वको कुरा भएको उनले बताए । 
बयालपाटा अस्पताल यहि हालतमा सञ्चालनमा हुन नसके यस क्षेत्रका लाखौँ जनताले दुख पाउछन् साँफेबगर नगरपालिकाका पूर्व नगर प्रमुख कुल बहादुर कुँवर भन्छन् सेवा क्षेत्रका स्थानिय पालिका र प्रदेश सरकारले बयालपाटा अस्पताललाई अनुदान सहयोगको निति बनाएर लागु गर्नुपर्दछ । 

प्रतिक्रिया