Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

परालमा आगो लगाएको आरोपमा महिलामाथि कुटपिट

परालमा आगो लगाएको आरोपमा महिलामाथि कुटपिट

कञ्चनपुर — एक महिलाको हात पछाडि बाँधिएको छ । कसैले धकेलिरहेको त कसैले लठ्ठीले हिर्काइरहेको छ । महिला चिच्याइरहेकी छिन् । हारगुहार गरिरहेकी छिन् । उनको गुहारको कुनै वास्ता नगरी निर्मम तरिकाले कुटपिट भइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियो कञ्चनपुरको बेलौरी नगरपालिका–२ विनापुरको हो ।

विनापुरकी ३२ वर्षीया कविता स्वाँरलाई स्थानीयले माघ २५ मा यसरी हात बाँधेर निर्घात कुटपिट गरेका हुन् । उनीहरूले परालमा आगो लगाएको आरोपमा उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट स्वाँरको टाउको, छाती र खुट्टामा चोट लागेको छ । उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा नियमित उपचार भइरहेको छ ।

स्थानीय मीना चौधरीले जम्मा गरेको परालको थुप्रोमा आगलागी भएको थियो । त्यही बेला सोही बाटो हुँदै स्वाँर तोरीको तेल बोकेर घर फर्किरहेकी थिइन् । स्थानीयले स्वाँरले नै आगो लगाएको आरोपमा उनलाई बाँधेर कुटपिट गरेका हुन् ।

‘म तोरी पेलेर तेल लिएर फर्किंदै थिएँ, एक जनाको घरअगाडि परालमा आगो लागेको थियो,’ घटनाको दिनको अवस्था बताउँदै स्वाँरले भनिन्, ‘मेरो हातमा तेलको गेलेन देखेर गाउँले मैमाथि जाइलागे, हात बाँधेर कसैले लठ्ठीले त कसैले दाउराले हिर्काए ।’ आगो निभाउन आएका सबैले डोरीले हात बाँधेर कुटपिट गरेको उनले बताइन् । उनको टाउको, छाती र खुट्टामा चोट लागेको छ । तत्काल धनगढी गएर उपचार गराएको र अहिले नियमित जाँच भइरहेको उनले बताइन् । उनका श्रीमान् ज्ञानु रोजगारीका लागि भारतमा छन् । घरमा उनीसहित एक छोरा र छोरी बस्छन् ।

बेलौरी–२ का वडाध्यक्ष कलवीर चौधरीका अनुसार पछिल्लो तीन महिनायता उक्त क्षेत्रमा नियमित रूपमा आगलागीका घटना भइरहेका छन् । माघ २५ का दिन आगलागी भएको नजिकै स्वाँर दौडिरहेको देखेपछि स्थानीयले कुटपिट गरेको हुन सक्ने बताए । उनका अनुसार तीन महिनाको अवधिमा आठ वटा घर तथा घरछेउको परालको थुप्रोमा आगलागी भएको छ ।

स्वाँरले आफूमाथि कुटपिट गर्नेका नाममा जिल्ला प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । प्रहरीका अनुसार १३ जनाका नाममा किटानी जाहेरी परेको छ । जसमध्ये प्रहरी सात जनालाई नियन्त्रणमा लिएको जनाएको छ । ‘पीडित महिलाको जाहेरी आएको छ, हामीले अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कञ्चनपुरका एसपी चक्रराज जोशीले भने, ‘अहिले केही मान्छेलाई नियन्त्रणमा पनि लिएका छौं ।’

प्रहरीले शनिबार नै ७ जनालाई नियन्त्रणमा लिएको हो । जाहेरीमा उल्लेख भएका अन्य व्यक्तिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया