Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

अछाममा थप ३५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८६१ पुग्यो

अछाममा थप ३५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८६१ पुग्यो

अछाम ०९  भदौ २०७७

मंगलबार अछाममा ३५ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा जिल्लाको चौरपाटी गाउँपालिकाका १२ जना, साँफेबगर नगरपालिकाका ५ जना, बान्निगढ़ी जयगढ गाउँपालिकाका १७ जना र मंगलसेन नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो।  यो सँगै अछाम जिल्लामा मात्रै ८ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

अछाम सहित सुदूरपश्चिममा मंगलवार एक सय २९ जनामा कोरोना पुष्टी

अछाम सहित सुदूरपश्चिममा मंगलवार एक सय २९ जनामा कोरोना पुष्टी भएको छ। तीन वटै प्रयोगशालामा भएको परीक्षणमा डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८÷८ र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको हो भने डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो।

पीसीआर मेसिन जडान भएको हप्ता दिनमै बिग्रिएपछि परीक्षण बन्द भएको डोटीमा मेसिन मर्मतपछि पुनः परीक्षण सुरु भएको छ। आज जिल्ला अस्पतालले पछिल्लो पटक परीक्षण गरिएका ५९ जनाको रिपोर्ट सार्वजनिक गरेको छ।

अस्पतालको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले ५९ जनाको कोरोना परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको बताए। संक्रमित सबै डोटी जिल्लाका हुन्।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ३९ पुगेको छ। संक्रमण पुष्टि भएका चार हजार चार सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भईसकेको छ।

प्रतिक्रिया