Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २५ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

अछाममा थप ३५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८६१ पुग्यो

अछाममा थप ३५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ८६१ पुग्यो

अछाम ०९  भदौ २०७७

मंगलबार अछाममा ३५ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा जिल्लाको चौरपाटी गाउँपालिकाका १२ जना, साँफेबगर नगरपालिकाका ५ जना, बान्निगढ़ी जयगढ गाउँपालिकाका १७ जना र मंगलसेन नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो।  यो सँगै अछाम जिल्लामा मात्रै ८ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

अछाम सहित सुदूरपश्चिममा मंगलवार एक सय २९ जनामा कोरोना पुष्टी

अछाम सहित सुदूरपश्चिममा मंगलवार एक सय २९ जनामा कोरोना पुष्टी भएको छ। तीन वटै प्रयोगशालामा भएको परीक्षणमा डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका ८÷८ र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७१ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको हो भने डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो।

पीसीआर मेसिन जडान भएको हप्ता दिनमै बिग्रिएपछि परीक्षण बन्द भएको डोटीमा मेसिन मर्मतपछि पुनः परीक्षण सुरु भएको छ। आज जिल्ला अस्पतालले पछिल्लो पटक परीक्षण गरिएका ५९ जनाको रिपोर्ट सार्वजनिक गरेको छ।

अस्पतालको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले ५९ जनाको कोरोना परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको बताए। संक्रमित सबै डोटी जिल्लाका हुन्।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ३९ पुगेको छ। संक्रमण पुष्टि भएका चार हजार चार सय जनाले कोरोना जितेको दावी गरिएको छ भने १२ जनाको मृत्यु भईसकेको छ।

प्रतिक्रिया