Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २५ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

खप्तडका जेष्ठ नागरिक,एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान तथा कम्मल वितरण

खप्तडका जेष्ठ नागरिक,एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान तथा कम्मल वितरण

अछाम- साँफेबगर नगरपालिका १२ खप्तडका जेष्ठ नागरिक,एकल महिला र क बर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान तथा कम्मल वितरण गरिएको छ । वडा कार्यालयको आयोजनामा ८० वर्ष माथिका जेष्ठ नागरिक,६८ वर्षभन्दा मुनिका एकल महिला र ‘क’ वर्गका अपाङ्ग भएका ६८ जना व्यक्तिहरुलाई सम्मान गर्नुका साथै कम्मल वितरण गरिएको छ ।

जेष्ठ नागरिक ३६ जना,एकल महिला २९ जना र ३ जना ‘क’ वर्गका अपाङ्गता भएकाहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै कम्मल वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले नगरपालिकाको विकटको वडाको रुपमा रहेको खप्तडका सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ,एकल र अपाङ्गले बैंक धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । उनले भत्ताका लागी विकटका बासिन्दाले सास्ती भोग्नु परेकाले घरमै भत्ता प्राप्त गर्ने वातावरण सिर्जना गर्ने बताए । उनले खप्तडका बढी उमेरमा जेष्ठ नागरिक र पुर्ण अपाग भएका व्यक्तिहरुले घरमै भत्ता पाउने गरेको र अन्यको हकमा पनि भत्ता प्राप्तीका लागी सहजता प्रदान गर्ने बताए ।

मानविय र भौतिक विकासका लागी खप्तड सधै आफ्नो प्राथमिकतामा रहेको मेयर कुँवरले बताए । कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति सदस्य नरेन्द्र कुँवरले खप्तडमा विकासका पुर्वाधारहरु सडक,शिक्षा,खानेपानी, स्वास्थ लगायतका क्षेत्रमा उल्लेखनिय प्रगति भईरहेको बताए । समन्वय सदस्य कुँवरले अहिले प्रमुख समस्याको रुपमा रहेको बसाईसराई रोक्नका लागी वडा र स्थानीय सरकारले ठोस कदम चाल्न सुझाब दिए । खप्तडको विकासको लागी सबैको सहकार्य र सहयोगको आवश्यकता रहेको बताए । कार्यक्रममा वडा अध्यक्ष जनक कडायतले पिछडिएको नभएर विकसित खप्तडको रुपमा अब केहि वर्षमा वडालाई देख्न सकिने बताए । उनले अबको कार्यक्रममा छुटेका जेष्ठ नागरिक,एकल महिला र ‘ग’ र ‘घ’ वर्गका अपाङ्ग भएका व्यक्तिहरुलाई समेट्ने बताए । वडाअध्यक्ष जनक कडायतको अध्यक्षतामा भएको कार्यक्रम पुर्व वडा अध्यक्ष प्रकाश राना,नेपाली कांग्रेसका वडा सभापति टेकबहादुर रावल,नेकपा एमालेका जिल्ला कमीटी सल्लाहकार सदस्य श्याम रावल,नेकपा एकिकृत समाववादीका बमबहादुर रावल,पुर्व वडा सदस्य शारदा देवि कडायत लगायतले सुझाब सहितको मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन वडाका सहजकर्ता दिनेश बाब्लीले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य रमेश कडायतले राखेका थिए ।

प्रतिक्रिया

ट्रेन्डिङ