Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते

बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते

बाजुरा । बाजुरामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आइतबार बिहान साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बुढीगंगा नगरपालिका–१ अम्कोटमा बसको ठक्करबाट आमाछोरा घाइते भएकोमा छोराको उपचारका क्रममा मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते अम्कोटका ८ वर्षीय नयन पाध्यायको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  ५० वर्षीया आमा विष्णा पाध्याय घाइते भएकी थिइन् । 

धनगढीबाट सदरमुकाम मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताए । उनका अनुसार घाइते भए लगत्तै उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएकोमा छोराको मृत्यु भएको छ भने आमाको उपचार भइरहेको छ ।

बस चालक कैलालीको धनगढी उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय उपेन्द्र मडै र बस नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया