Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुदूरपश्चिमः विषयगत समितिका चार सभापतिले लिए सपथ

सुदूरपश्चिमः विषयगत समितिका चार सभापतिले लिए सपथ

 

धनगढी । सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत चार विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनीहरुलाई सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । 

सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका अक्कलबहादुर रावल, सामाजिक विकास समितिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा सर्वसम्मत चयन भएका थिए । 

प्रदेशसभामा यसअघि चार वटा मात्र विषयगत समिति थिए । तर भागबन्डा मिलाउन विशेषाधिकार समिति थप गरिएको थियो । यसअघि निर्वाचित सभापतिहरु मन्त्री बनेपछि लामोसयमदेखि तीन विषयगत समिति सभापतिविहीन थिए ।

विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, यसअघि सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका माया पन्त निर्वाचित भएकी थिए । बिष्टबाहेक अन्य तीन समितिका सभापति विभिन्न समयमा मन्त्री हुँदा उक्त पद रिक्त भएको थियो । 

 

प्रतिक्रिया