Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कैलालीमा ७ फागुनदेखि राष्ट्रिय फुटबल प्रतियोगिता, विजेतालाई पाँच लाख

कैलालीमा ७ फागुनदेखि राष्ट्रिय फुटबल प्रतियोगिता, विजेतालाई पाँच लाख

 

धनगढी । कैलालीमा फागुन ७ गतेदेखि जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को सहयोगमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुने भएको हो । आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिताको विजेताले पाँच लाख नगदसहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार नगदसहित ट्रफी पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षकले १५ हजार, उत्कृष्ट रक्षकले १५ हजार, उत्कृष्ट फरवार्डले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार, उदयमान खेलाडीले १५ हजार र फेयर प्ले टिमलाई १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजारसहित ट्रफी दिइने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सात वटा प्रदेशका टिमहरुको सहभागीता रहनेछ । प्रदेश फुटबल संघको सहकार्यमा प्रदेशको टिम अथवा प्रदेशको क्लबको सहभागीता रहने बताइएको छ । 

१४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता àसमृद्धिको आधार फुटबलको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा सञ्चालन गर्न लागिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । गौरीगंगा–११ क्लबले आयोजना गर्न लागेको यो प्रतियोगिता पाँचौं संस्करण हो । 

प्रतियोगिताले मध्यवर्ती क्षेत्रमा खेलकुद क्षेत्रमा विकास पुग्ने र फुटबल खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने एउटा मञ्च प्राप्त गर्ने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए । गौरीगंगा नगरपालिका–८ मा रहेको गौरीगंगा–११ स्पोर्टस क्लबको खेलमैदानमा प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि खेल मैदान व्यवस्थित गर्ने काम सम्पन्न भएको छ ।

 

प्रतिक्रिया