ताजा अपडेट
कैलालीमा प्रहरीकाे ठूलाे अप्रेशन : ३२ ग्राम खैराे हेराईन र दुई किलो चरेससहित ३ युवक पक्राउ

धनगढी । कैलालीमा ३२ ग्राम खैराे हेराेईन र दुई किलाे बढि चरेससहित तीन जनालाई पक्राउ गरिएको छ ।
धनगढी महानगरपालिका- ५ काे यातायात कार्यालय पछाडि सडक छेउमा मंगलबार साँझ ३१ दशमलव ७३० मिलिग्राम खैराे हेराेईन र दुई किलाे १७५ किलाे चरेससहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले जानकारी दिए ।
पक्राउ पर्नेमा बझाङकाे केदारस्युँ गाउँपालिका-६ बस्ने २६ वर्षीय गोबिन्दबहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा रहेको उनलेे बताए ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्द नेतृत्वको टाेलीले शंकाको आधारमा चेकजाँच गर्दा लागुऔषधसहित समातेकाे हाे ।
यस्तै, लम्कीचुहा नगरपालिका- २ बगनिया बस्ने दिप्सन भन्ने दिपेश तिरुवालाई ५१० मिलिग्राम लागु औषध खेरो हेरोइनसहित पक्राउ गरिएको छ ।
दुवै ठाउँबाट बरामद गरेकाे लागुऔ षधकाे ताैल ३२ ग्राम २४० मिलिग्राम रहकाे छ।उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रतिक्रिया