Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रजातन्त्र दिवस विशेष कार्यक्रम गरि मनाउँदै सुदूरपश्चिम सरकार

प्रजातन्त्र दिवस विशेष कार्यक्रम गरि मनाउँदै सुदूरपश्चिम सरकार

धनगढी । आज ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा धनगढीमा प्रदेश सरकारले विशेष कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रमको शुभारम्भ गर्न धनगढीको शहिद गेटबाट सुदूरपश्चिम प्रदेश सरकारले प्रभात फेरि गर्दै छ । शहिद गेटमा शहिदहरुको स्मारिकमा मल्र्यापण गरि शुभारम्भ हुने ¥याली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर विशेष समारोह आयोजना गरिने छ ।

प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यमा हुने समारोहमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ ।

यस्तै, मंगलबार प्रजातन्त्र दिवसको अवसमार प्रदेश सरकार मातहात रहेका मन्त्रालयहरुले झण्डा तथा व्यानर सजाई कार्यालय सरसफाई गर्नुका साथै राती मन्त्रालय तथा कार्यालयहरुमा दिप प्रज्वलन गरि दिपावलीका रुपमा मनाइएको छ ।
यससंगै सरकारी कार्यालयहरुले आफनो वेवसाईट र डिस्पेल बोर्डमा प्रजातन्त्र दिवसको शुभकामना सन्देश प्रकाशन गरेका छन् ।

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा अन्य सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

संघियतासंगै प्रदेश सरकार गठन भएयता प्रदेश सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा दिवस मनाउदै आएको थियो । तर, यस वर्ष मंगलबार र बुधबारमात्र दिवस मनाउने गरि कार्यक्रम तय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रजातन्त्र दिवसलाई २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रूपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ ।
 

प्रतिक्रिया