Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

प्रजातन्त्र दिवस विशेष कार्यक्रम गरि मनाउँदै सुदूरपश्चिम सरकार

प्रजातन्त्र दिवस विशेष कार्यक्रम गरि मनाउँदै सुदूरपश्चिम सरकार

धनगढी । आज ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा धनगढीमा प्रदेश सरकारले विशेष कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रमको शुभारम्भ गर्न धनगढीको शहिद गेटबाट सुदूरपश्चिम प्रदेश सरकारले प्रभात फेरि गर्दै छ । शहिद गेटमा शहिदहरुको स्मारिकमा मल्र्यापण गरि शुभारम्भ हुने ¥याली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर विशेष समारोह आयोजना गरिने छ ।

प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यमा हुने समारोहमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहने कार्यक्रम तय भएको छ ।

यस्तै, मंगलबार प्रजातन्त्र दिवसको अवसमार प्रदेश सरकार मातहात रहेका मन्त्रालयहरुले झण्डा तथा व्यानर सजाई कार्यालय सरसफाई गर्नुका साथै राती मन्त्रालय तथा कार्यालयहरुमा दिप प्रज्वलन गरि दिपावलीका रुपमा मनाइएको छ ।
यससंगै सरकारी कार्यालयहरुले आफनो वेवसाईट र डिस्पेल बोर्डमा प्रजातन्त्र दिवसको शुभकामना सन्देश प्रकाशन गरेका छन् ।

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा अन्य सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

संघियतासंगै प्रदेश सरकार गठन भएयता प्रदेश सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा दिवस मनाउदै आएको थियो । तर, यस वर्ष मंगलबार र बुधबारमात्र दिवस मनाउने गरि कार्यक्रम तय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रजातन्त्र दिवसलाई २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रूपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ ।
 

प्रतिक्रिया