Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

‘सुदूरपश्चिमको स्थायी राजधानीबारे प्रदेशसभामा प्रस्तावसहित जादैछु’

‘सुदूरपश्चिमको स्थायी राजधानीबारे प्रदेशसभामा प्रस्तावसहित जादैछु’

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अब बस्ने प्रदेशसभा बैठकमा स्थायी रानधानीबारे प्रस्तावसहित जाने बताएका छन् ।

नेपाल प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले राजधानी घोषणाको छ बर्ष बढी भइसक्दा पनि जग्गा नपाएको बताउँदै अबको बैठकमा प्रस्तावसहित जाने बताएका हुन् । 

‘अहिलेसम्म स्थायी राजधानी स्थापना नहुनुको कारण र विकल्पका विषयमा छलफल गर्नका लागि अब अब हुने संसदको बैठकमा प्रस्तावसहित जाँदैछु,’ मुख्यमन्त्री शाहले भने, ‘त्यसपछि प्रदेशसभामा उक्त विषयमा छलफल हुन्छ । त्यसका वैकल्पिक पाटाहरुका विषयमा छलफल गर्दा जहाँजहाँ सम्भावना छन् सबै ठाउँका विषयमा छलफल हुन्छ ।’

प्रदेशको स्थायी राजधानीबारे संघीय सरकार र प्रधानमन्त्रीलाई पटकपटक जानकारी गराइएको बताउँदै मुख्यमन्त्री शाहले संरचना निर्माणका लागि संघले अहिलेसम्म अनुमति नदिएको बताए । ‘सुदूरपश्चिम सरकारले त राजधानीसमेत बनाउन सकेन भन्ने परेको छ,’ उनले भने, ‘हामी कहिलेसम्म यस्तो अन्योलमा बस्ने ?’

०७५ असोज १२ मा पहिलो प्रदेशसभाको दुई तिहाइ बहुमतबाट कैलालीको गोदावरी नगरपालिका २ र ४ नम्बरको वन क्षेत्रलाई प्रदेश राजधानी बनाउने प्रस्ताव पारित भएको थियो । तर, प्रदेश सरकारले उक्त जग्गासमेत अहिलेसम्म प्राप्त गर्न सकेको छैन ।
 

प्रतिक्रिया