Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०८ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

खगराज भट्टलाई यसरी लगाइँदैछ किनारा

खगराज भट्टलाई यसरी लगाइँदैछ किनारा

 

धनगढी । लेखराज भट्ट एमालेमा गएपछि सुदूरपश्चिममा माओवादीभित्र सबैभन्दा सिनियर नेता मानिन्छन्, खगराज भट्ट । पुराना र पाका नेता मध्येका भट्ट सुदूरपश्चिम प्रदेशबाट माओवादीको एकमात्र स्थायी कमिटी सदस्य छन् । लेखराज माओवादीमा हुँदा अन्तरसंघर्ष गरेका भट्टलाई उनी एमालेमा गएपछि झन परिस्थिति असहज बनेको छ । भट्ट पार्टीका हरेक जिम्मेवारीबाट किनारा लाग्दै गएका छन् ।

डडेल्धुराबाट दुईपटक संविधानसभा र एकपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार थिए भट्ट । तर, उनको संघीय सदनमा जाने इच्छा कांग्रेस सभापति शेरबहादुर देउवाले पूरा गर्न दिएनन् । पहिलो संविधानसभा निर्वाचनमा देउवासँग एक हजार ३६८ मतान्तरले हारेका थिए, उनी । दोस्रो संविधानसभाको निर्वाचनमा देउवाले मतान्तर बढाए । त्यतिबेला देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत ल्याए । 

०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धन थियो । तर, पनि देउवाको विजयी यात्रालाई खगराजले रोक्न सकेनन् । भट्ट छ हजार ९२९ मत अन्तरले पराजित भए । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेस र माओवादीबीच नै गठबन्धन भयो । डडेल्धुराबाट देउवाले अन्तिमपटक निर्वाचन लड्ने बताएपछि खगराज प्रतिनिधिसभा निर्वाचन लड्नबाट बञ्चित भए ।

भट्टलाई प्रदेशसभा निर्वाचन लडाउन तयार गरियो । मुख्यमन्त्री बनाउने आश्वासन पनि पाए उनले । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवाले खगराजलाई प्रदेशमा चुनाव लड्न आग्रह गर्दै विजयी भएपछि मुख्यमन्त्री बनाउने सपना बाँडेका थिए ।

‘यसपछि गठबन्धनको सरकारमा मुख्यमन्त्री खगराज भट्ट नै हो,’ डडेल्धुराको जोगबुढामा २० कात्तिक २०७९ को चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले भनेका थिए, ‘तपाईंहरू जिताएर पठाउनुस् । उहाँ भावी मुख्यमन्त्री हो ।’ खगराज डडेल्धुराको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी पनि भए । मुख्यमन्त्री बन्न संसदीय दलको नेता पनि बने ।

तर, चुनाव सकिएपछि कांग्रेस–माओवादीको गठबन्धन टुट्यो । एमाले र माओवादीको गठबन्धन बन्यो । सुदूरपश्चिमको मुख्यमन्त्री एमालेको भागमा प¥यो । एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री भए । भावी मुख्यमन्त्रीका रूपमा हेरिएका भट्टले रावल नेतृत्वको सरकारमा मन्त्रीको नियुक्ति खाइदिए । त्यहीँ पनि बिना विभागीय । 

भट्टले बिना विभागीय मन्त्रीको शपथ खाएको महिना दिन मात्रै भएको थियो । केन्द्रमा गठबन्धन फेरियो । फेरि माओवादी र कांग्रेस मिले । प्रदेशमा एमाले नेतृत्वको सरकार संकटमा पर्‍यो । मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने देखेपछि २६ माघ २०७९ मा पदबाट राजीनामा दिए । त्योसँगै भट्टको मन्त्री पद जिम्मेवारी नपाउँदै गुम्यो । 

भावी मुख्यमन्त्रीका रूपमा हेरिएका भट्टले बिना विभागीय मन्त्रीको नियुक्ति लिएको भन्दै माओवादी संसदीय दलभित्रै त्यसको विरोध भएको थियो । ‘हामी मुख्यमन्त्री बनाउने कसरत गरिहेका थियौँ,’ एक प्रदेशसभा सदस्यले त्यो बेला भनेका थिए, ‘उहाँ बिना विभागीय मन्त्री बनिदिनुभयो ।’ सोही असन्तुष्टि बढ्दै गएपछि १२ माघ २०८० मा भट्टलाई दलको नेताबाट पनि हटाइयो । बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दलको नेताबाट हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाए । भट्टलाई फेरि दलको नेता बनाउन केन्द्रबाट पाँचपटक निर्देशन आइसकेको छ । उक्त निर्देशन केन्द्रीय समिति बैठकले अनुमोदन पनि गरेको छ ।

तर, सुदूरपश्चिमका बहुमत प्रदेशसभा सदस्य भट्टलाई दलको नेता बनाउन तयार छैनन् । भट्टको दलको नेता मात्रै होइन, सुदूरपश्चिम इञ्चार्जको पद पनि गुमेको छ । गत वर्ष साउनसम्म माओवादीको सुदूरपश्चिम प्रदेश इन्चार्ज पनि थिए भट्ट । साउनमा भएको केन्द्रीय समिति बैठकबाट पदाधिकारी मात्र इन्चार्ज हुने निर्णय गरेपछि भट्ट स्वतः इन्चार्जबाट हटे । इञ्चार्जको जिम्मेवारी उपमहासचिव गिरिराजमणि पोखरेलले पाए । भट्टलाई अहिले सुदूरपश्चिमको सहइन्चार्ज बनाइएको छ । सहइन्चार्ज पद स्वीकार गर्ने पक्षमा उनी छैनन् । 

भट्ट भने मुख्यमन्त्री बन्न मात्रै प्रदेशमा चुनाव लडेको बताउँछन् । ‘म त प्रदेशमा माननीय मात्रै हुन्छु भन्ने थाहा पाएको भए चुनाव लड्ने थिइनँ,’ अघिल्लो साता डडेल्धुरामा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘कांग्रेस सभापति देउवा र हाम्रा अध्यक्ष प्रचण्डले खगराजजी प्रदेशमा चुनाव लड्नुहोस् । हाम्रो गठबन्धन छ । चुनाव जित्नुभयो भने मुख्यमन्त्री तपाईं भनेको कारणले चुनाव लडेँ । हेर्दाहेर्दै अहिले माओवादी र कांग्रेसको गठबन्धन दुई महिनामै सकियो । म त मुख्यमन्त्री भनेर गएको मान्छे हुँ । बिनाविभागीय मन्त्रीमा जागिर सकियो । पालै आएन त्यसपछि । अब के गर्ने ?’

खगराजको विरोधमा रहेका माओवादी सुदूरपश्चिम प्रदेशसभा सदस्यले उनलाई दलको नेता बनाउन सर्त राख्दै आएका छन् । ‘दल नेता मानबहादुर धामी पक्षका केही प्रदेशसभा सदस्यले प्रचण्डलाई भेटेरै गिरिराजमणि पोखरेललाई प्रदेश इन्चार्जबाट हटाएपछि हामी सहज रूपमा खगराजलाई दलको नेता बनाउन तयार हुन्छौँ भनेका थिए,’ माओवादी सुदूरपश्चिमका एक नेताले भने, ‘पोखरेलका कारण खगराज बलियो भएको आशय उनीहरूको थियो । तर, पोखरेललाई हटाउन पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तयार देखिएनन् । पोखरेल श्रेष्ठ पक्षका नेता हुन् ।’

माओवादी अध्यक्ष प्रचण्डकी बुहारी विना मगरका कारण पनि खगराजले कुनै जिम्मेवारी नपाएको बताउँछन् ती नेता । ‘खगराजलाई जिम्मेवारी दिएपछि आफू पछाडि पर्छु भन्ने डर मगरमा छ,’ ती नेताले भने । 

विगतदेखि नै खगराज प्रचण्डनिकट नभएका कारण पनि उनलाई किनारा लगाउन थालिएको ती नेता बताउँछन् । भट्ट पहिले बाबुराम भट्टराई समूहमा थिए ।

अहिलेका दल नेता धामी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पक्षका हुन् । पुनकै निर्देशनमा खगराजलाई दल नेताबाट हटाइएको चर्चा सुदूरपश्चिममा छ । 

 

प्रतिक्रिया