Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १० कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मेयरका समर्थकले पत्रकार उपाध्यायलाई धम्क्याएको भन्दै महासंघको आपत्ति, प्रशासनमा उजुरी

मेयरका समर्थकले पत्रकार उपाध्यायलाई धम्क्याएको भन्दै महासंघको आपत्ति, प्रशासनमा उजुरी

 

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकले पत्रकारलाई धम्क्याएको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । धनगढीबाट प्रकाशिन हुुने पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायले आफूलाई मेयर हमालका समर्थकले धम्क्याएको भन्दै पत्रकार महासंघमा निवेदन दिएपछि महासंघले आपत्ति जनाएको हो । 

नेपाल पत्रकार महासंघ कैलाली शाखा र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले उपाध्यायलाई धम्क्याएको घटनाप्रसत ध्यानाकर्षण भएको जनाएका छन् । दुवै समितिले छुट्टाछुुट्टै विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

पश्चिम टुडे दैनिकमा प्रधान सम्पादक उपाध्यायले धनगढीका मेयर हमालका विषयमा समाचार र लेख प्रकाशित गरेका थिए । सोही लेखको विषयलाई लिएर धनगढीका मेयरका समर्थकहरुले धम्क्याएको उपाध्यायको दाबी छ ।

यस्तै, उपाध्यायले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् । सुरक्षाको माग गर्दै आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई उपाध्यायले निवेदन दिएका हुन् ।

प्रतिक्रिया

ट्रेन्डिङ