Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मेयरका समर्थकले पत्रकार उपाध्यायलाई धम्क्याएको भन्दै महासंघको आपत्ति, प्रशासनमा उजुरी

मेयरका समर्थकले पत्रकार उपाध्यायलाई धम्क्याएको भन्दै महासंघको आपत्ति, प्रशासनमा उजुरी

 

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकले पत्रकारलाई धम्क्याएको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । धनगढीबाट प्रकाशिन हुुने पश्चिम टुडे दैनिकका प्रधान सम्पादक दीर्घराज उपाध्यायले आफूलाई मेयर हमालका समर्थकले धम्क्याएको भन्दै पत्रकार महासंघमा निवेदन दिएपछि महासंघले आपत्ति जनाएको हो । 

नेपाल पत्रकार महासंघ कैलाली शाखा र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले उपाध्यायलाई धम्क्याएको घटनाप्रसत ध्यानाकर्षण भएको जनाएका छन् । दुवै समितिले छुट्टाछुुट्टै विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

पश्चिम टुडे दैनिकमा प्रधान सम्पादक उपाध्यायले धनगढीका मेयर हमालका विषयमा समाचार र लेख प्रकाशित गरेका थिए । सोही लेखको विषयलाई लिएर धनगढीका मेयरका समर्थकहरुले धम्क्याएको उपाध्यायको दाबी छ ।

यस्तै, उपाध्यायले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् । सुरक्षाको माग गर्दै आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई उपाध्यायले निवेदन दिएका हुन् ।

प्रतिक्रिया