Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बनेपाको होटलमा २३ वर्षीया युवती मृत फेला, सँगै गएका युवक फरार

बनेपाको होटलमा २३ वर्षीया युवती मृत फेला, सँगै गएका युवक फरार

काभ्रेको बनेपामा रहेको एक होटलमा युवती मृत भेटिएकी छन्। बनेपा नगरपालिका- ८ मा रहेको भ्यू पाहुना घर होटलमा २३ वर्षीया युवती बिहीबार साँझ मृत भेटिएकी हुन्।

मृत भेटिएकी युवती बनेपा नगरपालिका- ६ सुडोल निवासी २३ वर्षीया शर्मीला श्रेष्ठ रहेकी जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए। 

‘होटलको दोस्रो तलामा रहेको कोठा नम्बर ११५ मा उनी मृत भेटिएकी हुन्,’ प्रहरी निरीक्षक कुँवरले नेपालखबरसँग भने, ‘दुईवटा बेड भएको रुमको एउटा बेडको बीचमा उनको शव फेला परेको हो। हामी थप अनुसन्धानमै छौँ।’

युवतीसँगै होटलमा गएका रामेछापका एक युवक करिब २५ मिनेटपछि कोठाबाट निस्किएको देखिएको उनले बताए। ‘ती युवक अहिले फरार छन्। हामी उनको खोजीमा छौँ,’ इन्सपेक्टर कुँवरले भने। प्रहरीले उनकाे नाम खुलाएकाे छैन।

युवतीको हत्या भएको हो कि होइन, आफूहरु अनुसन्धानमै रहेको उनले बताए। ‘हामी अनुसन्धानमै छौँ। पोस्ट मार्टमपछि हत्या हो कि होइन खुल्छ,’ उनले भने, ‘अहिले नै हत्या भन्न मिल्दैन। बेडको बीचमा शव थियो। उनीसँग गएका युवक फरार छन्। युवक २५ मिनेट जति कोठामा बसेपछि बाहिर निस्किएर फरार भएका हुन्।’

मृत भेटिएकी युवती बनेपाकै एक मेडिकलमा कार्यरत रहेको स्थानीयले बताएका छन्। तर, प्रहरीले भने यस विषयमा केही भनेको छैन।

प्रतिक्रिया

ट्रेन्डिङ