Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

राप्रपा नेताहरुको एकै स्वर– ठुला दलको विकल्प खोजौं

राप्रपा नेताहरुको एकै स्वर– ठुला दलको विकल्प खोजौं

धनगढी– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब कांग्रेस र कम्युनिष्टको विकल्प खोज्ने बेला आएको बताएका छन् । उनले अब यो व्यवस्था र यी नेतालाई देशले धान्न नसक्ने बताए ।

सुदूरपश्चिम प्रदेशको धनगढीको पार्कमोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको बिरोध सभामा अध्यक्ष लिङदेलले देश बनाउन कांग्रेस– कम्युनिष्टको विकल्प खोज्जुपर्ने बताए ।

उनले भने, ‘देश बनाउन कांग्रेस, एमाले, माओवादीलगायतको विकल्प खोज्नुपर्छ, त्यो विकल्प राप्रपा हो ।’ उनले यो व्यवस्था र यी नेता असफल भइसकेका बताउँदै राप्रपालाई मौका दिन आग्रह गरे ।

उनले भने, ‘अब पनि कांग्रेस र कम्युनिष्टबाट देश बन्छ भन्नु देश बर्वादमा जानू हो, अब यिनीहरुले देश बनाउँछ भनेर नपर्खौ, विकल्प रोजौँ ।’

अध्यक्ष लिङदेनले अभिभावकको रुपमा राजालाई राखेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको ब्यबस्था लागू गर्नुपर्नेमा जोड दिए । चाँडै यो ब्यबस्था लागू गर्न नसके देश बर्वाद हुने लिङदेनको भनाइ छ । उनले भने, ‘भ्रष्टाचारीलाई संरक्षण गर्ने गरी कानुन बनाइरहेको बर्तमान सरकार असफल भइसक्यो, कमिशन खानलाई एयरपोर्ट बनाइरहेका छन् । अनि यिनीहरुबाट देश बन्छ भनेर के आश गर्ने । युवा बेचेर देश चलाउनुपर्ने अबस्थाको चाँडै अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

विरोध सभामा राप्रपाका नेता डाक्टर प्रकाशचन्द्र लोहनीले काण्डै काण्डका नाइकेहरु कसरी अग्रगमनकारी हुन सक्छन् भनी प्रतिप्रश्न गरे । उनले भने, ‘देश बचाउन देशभरका राजनीति दलबीच एकता हुन आवश्यक छ, जसमा राजसंस्था पनि एक शक्ति हो उसलाई पनि सँगै लैजानुपर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिने बताए । उनले भने ‘पटक पटक असफल भएकाहरु प्रधानमन्त्री भइराख्ने व्यवस्थाले अवस्था परिवर्तन हुँदैन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएमा विज्ञहरुको मन्त्रीमण्डल बन्छ । ज्ञान र क्षमता भएका मान्छे ठाउँमा पुगे विकास हुन्छ ।’

उनले भने ‘जनताको अवस्था सुधार गर्न व्यवस्था, परिवर्तन हुनुपर्छ । प्रदेश संरचनाले ठूलो व्ययभार बढेकाले यसलाई खारेज गर्नुपर्छ । प्रदेश संरचनामा हुने खर्च अस्पताल निर्माण, उद्योगधन्दामा लगाउनु पर्छ । जसले रोजगारीको सिर्जना हुन्छ ।’

उनले भने ‘राजनीतिक खिचातानीका कारण देश वर्बाद भइरहेको छ । शिक्षा, स्वास्थ्यको गुणस्तरमा सुधार ल्याउनुपर्छ । युवा रोजगारीको अवसर नपाउँदा विदेशिन बाध्य छन् । रोजगारीमा सरकारको ध्यान जानुपर्छ ।’

उनले मन्त्री प्रधानमन्त्री बदलेर मात्रै देश नबन्ने उल्लेख गरे । उनले राष्ट्रियसभामा पनि विज्ञताका आधारमा सांसद राख्नुपर्ने बताए ।

सरकारलाई खबरदारी स्वरुप धनगढीको पार्कमोडमा गरिएको विरोध सभामा राप्रपाका दर्जनभन्दा बढी केन्द्रीय नेताले मन्तब्य ब्यक्त गरेका थिए । मन्तब्य ब्यक्त गर्ने सबैले बर्तमान सरकार र देशका मुख्य दलको बिरोधमै समय खर्चिएका थिए । राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश प्रबक्ता छत्र शाहीले गरेका थिए । बिरोध सभामा सहभागी हुन कैलाली–कञ्चनपुरका विभिन्न ठाउँबाट राप्रपा समर्थित नेता तथा कार्यकर्ता ठूलो संख्यामा जम्मा भएका थिए ।

प्रतिक्रिया