Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

श्रीमद् भागवत ज्ञान महायज्ञ हुने

श्रीमद् भागवत ज्ञान महायज्ञ हुने

धनगढी– सुदूरपश्चिमाञ्चल साहित्य समाजले फागुन २१ गते देखि धनगढी उप महानगरपालिका वडा नम्बर–१ स्थित महोत्सव स्थलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।

स्रस्टाको सम्मानका लागि अक्षयकोष स्थापना गर्न महायज्ञ सञ्चालन गरिने आयोजकले जनाएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयका अनुसार यहायज्ञमा प्रखर कथा वाचिका भागवत मञ्जरी राधिका दासीले कथा वाचन गर्ने छिन् ।

महायज्ञ सञ्चालन पछि स्रस्टाका लागि नेपालकै सवै भन्दा बढी धनराशीको पुरस्कार राशी घोषणा गरिने उनले बताए । मदन पुरस्कार जस्तै ठुलो धनराशीको पुरस्कारका लागि महायज्ञबाट संकल हुने रकमको अक्षकोष स्थापना गरिने उनले बताए ।

अध्यक्ष पाण्डेयका अनुसार महायज्ञ सञ्चालनका लागि ४० लाख रकम खर्च हुने अनुमान गरिएको छ । महायज्ञको उद्घाटनका अवसरमा फागुन २१ ग्ते विहान साढे ९ बजे कलश यात्रा र पूवाङ्ग पूजा गरिने उनले बताए ।

त्यस्तै हरेक दिन बिहान ५ बजे देखि ७ बजे सम्म योग शिविर सञ्चालन गरिने, १० बजे सम्म नित्य पूजा, ११ बजे देखि ती बजेसम्म कथावाचन हुने उनले बताए ।

प्रखर कथा वाचिका राधिका दासिका अनुसार मेचि र कालीको जल मिसाएर गंगा जल सहति कलश यात्रा गरिने छ । साहित्यमा कृयाशित व्यक्तिको हौसला बढाउँदै नयाँ पिढीलाई पनि साहित्यमा रुचि जगाउन महायज्ञ गरिएका कारण आफु धनगढी पुगेको उनले बताइन । महायज्ञमा उपस्थिती जनाउन पनि उनले आग्रह गरिन ।

प्रतिक्रिया

ट्रेन्डिङ