ताजा अपडेट
धनगढीको माईल स्टोन स्कुलले ‘माईल स्टोन डे २०८१’ मनाउने
धनगढी– शिक्षा क्षेत्रमा एक विशेष पहिचान बनाउँदै आएको माईल स्टोन बोर्डिङ स्कुलले यस वर्षको ‘माईल स्टोन डे २०८१’ विशेष उत्साहका साथ मनाउने भएको छ । भानु चोक धनगढीमा रहेको स्कुलले फागुन २४ गते आयोजना हुने ‘माईल स्टोन डे २०८१’ कार्यक्रममा विविध सांस्कृतिक तथा नृत्य प्रस्तुतिहरू समेटिने भएका छन् । मौलिक पहिचान झल्काउने उद्देश्यले परम्परागत पहिरन सहितको बृहत र्याली समेत आयोजना गरिनेछ । जुन फागुन २४ गते बिहान ८ः३० बजे क्याम्पस चोकदेखि स्कुल प्राङ्गणसम्म हुने प्रिन्सिपल भुवन मल्लले जानकारी दिए ।
यस विशेष अवसरमा विद्यालय परिवारले अभिभावकहरूलाई पनि सक्रिय सहभागिताका लागि निमन्त्रणा गरेको छ । अभिभावकहरूले सञ्चालन गर्ने फुड स्टलहरू मार्फत विद्यार्थी, शिक्षक तथा अभिभावकबिच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने लक्ष्य लिइएको छ । साथै, विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम तथा अन्य विविध सिर्जनात्मक गतिविधिहरू प्रस्तुत गर्नेछन् ।
माईल स्टोन बोर्डिङ स्कुलको नेतृत्वकर्ता प्रधानाध्यापक भुवन मल्ल सम्भवतः सुदूरपश्चिमकै कान्छा युवा प्रिन्सिपलको रूपमा रहेको ऐतिहासिक विशेषता समेत स्कुलले बोकेको छ । साथै, विद्यालय व्यवस्थापन, शिक्षक शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता र योगदानले यस वर्षको ‘माईल स्टोन डे २०८१’ झन् भव्य र अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया