Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

धनगढीको माईल स्टोन स्कुलले ‘माईल स्टोन डे २०८१’ मनाउने

धनगढीको माईल स्टोन स्कुलले ‘माईल स्टोन डे २०८१’ मनाउने

धनगढी– शिक्षा क्षेत्रमा एक विशेष पहिचान बनाउँदै आएको माईल स्टोन बोर्डिङ स्कुलले यस वर्षको ‘माईल स्टोन डे २०८१’ विशेष उत्साहका साथ मनाउने भएको छ । भानु चोक धनगढीमा रहेको स्कुलले फागुन २४ गते आयोजना हुने ‘माईल स्टोन डे २०८१’ कार्यक्रममा विविध सांस्कृतिक तथा नृत्य प्रस्तुतिहरू समेटिने भएका छन् । मौलिक पहिचान झल्काउने उद्देश्यले परम्परागत पहिरन सहितको बृहत र्याली समेत आयोजना गरिनेछ । जुन फागुन २४ गते बिहान ८ः३० बजे क्याम्पस चोकदेखि स्कुल प्राङ्गणसम्म हुने प्रिन्सिपल भुवन मल्लले जानकारी दिए ।

यस विशेष अवसरमा विद्यालय परिवारले अभिभावकहरूलाई पनि सक्रिय सहभागिताका लागि निमन्त्रणा गरेको छ । अभिभावकहरूले सञ्चालन गर्ने फुड स्टलहरू मार्फत विद्यार्थी, शिक्षक तथा अभिभावकबिच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने लक्ष्य लिइएको छ । साथै, विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम तथा अन्य विविध सिर्जनात्मक गतिविधिहरू प्रस्तुत गर्नेछन् ।

माईल स्टोन बोर्डिङ स्कुलको नेतृत्वकर्ता प्रधानाध्यापक भुवन मल्ल सम्भवतः सुदूरपश्चिमकै कान्छा युवा प्रिन्सिपलको रूपमा रहेको ऐतिहासिक विशेषता समेत स्कुलले बोकेको छ । साथै, विद्यालय व्यवस्थापन, शिक्षक शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता र योगदानले यस वर्षको ‘माईल स्टोन डे २०८१’ झन् भव्य र अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ