ताजा अपडेट
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य कुँवरको पहलमा बुढाकोटमा खेल मैदान बन्दै
धिरज कुँवर (अछाम)
अछामको साँफेबगर नगरपालिका- ९ बुढाकोटको खापरमाण्डौमा बन्ने खेल मैदानको आज उद्घाटन भएको छ ।अनुमानित १ करोडको लागतमा बन्ने खेल मैदानको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुवँरले गर्नुभएको थियो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका कुवँरको पहलमा बुढाकोटमा खेल मैदान बन्न लागेको हो । यो खेल मैदानले अछामको खेलकुद क्षेत्रको फरक पहिचान बनाउने राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य कुवँरले बताउनु भयो । आफ्नै पहलमा राष्ट्रिय खेलकुद परिषद र प्रदेश सरकारको सहयोगमा उक्त खेल मैदान बहुबर्षिय योजनामा निर्माण गरिने उहाँले बताउनुभयो ।
उक्त खेल मैदान उद्घाटन कार्यक्रममा साँफेबगर नगरपालिका - ९ का वडा अध्यक्ष धुर्ब थापालगायत वडाका सम्पूर्ण जनप्रतिनिधि ,समाजसेवि र सरोकारवालाको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया